ताजा अपडेट:

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई


नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।
विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित सोलिडारिटी कप नेपाली टिमले ११ महिनायता जितेको लगातार तेस्रो उपाधि हो । जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।
सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मिहिनेतसाथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए ।
खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि गर्‍यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जन विष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले ।
पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले ‘सिक्स यार्ड बक्स’बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो ।

अब लोडसेडिङ तालिका आउँदैन्, बरु जेल जान्छु तर जनतालाई बिजुली दिन्छु


नेपाल विद्युत प्राधिकरणमा प्रमुख कुलमान घिसिङले अब लोडसेडिङको तालिका नआउने घोषणा गरेका छन् ।
काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चर्चामा आएका घिसिङले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार नारायण पौडेलसँगको कुराकानीमा भने– ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ? अब लोडसेडिङ हुनै नदिने ।’
घिसिङले उर्जा मन्त्रालयबाट नागरिकताको आधारमा मिटर–बक्स जोडि दिने निर्णय गराएको कुरा सार्वजनिक गर्दै भने– ‘घर बनाउन दिने, मिटर–बक्स नदिएर अध्याँरोमा राख्ने ? यो मिल्दैन । मिटर–बक्स दिन्छौँ, बरु त्यसबापत जेल जान परे पनि जान्छौँ ।’
हिउँदमा केही मात्रामा लोडसेडिङ हुनसक्ने भन्दै उनले भने– ‘जाडोको चिन्ता हो । पिक आवरमा उद्योग नचलाएमा लोडसेडिङ हुँदैन । जेठपछि त लोडसेडिङ हुँदैन भनेर लेखेर दिन्छु, परीक्षणमा भएकाले अहिले चाहीं मुखले मात्र भन्छु ।’
उनले लोडसेडिङसँगै विद्युत प्राधिकरणबाट दिइने सेवालाई पनि चुस्त बताउने बताए । ‘अब विद्युत महसुल बुझाउँदा लाइन बस्नुपर्दैन् । सबै कुरा सिस्टममा हुन्छ । ग्राहकलाई कसरी छिटो, छरितो सेवा दिन सकिन्छ हामी त्यसमा केन्द्रीत छौं,’ उनले भने ।

यस्ता लक्षण देखिएमा मधुमेह हुन सक्छ


तनावग्रस्त जीवनशैलीमा जटिल स्वास्थ्य समस्याको रूपमा देखापरेको रोग मध्ये मधुमेह (सुगर) पनि एक हो । मधुमेह रोग मानिसको आहार, विहार, रहन, सहन आदिका कारणले संसारभरि नै दिन प्रतिदिन बढ्दै गईरहेको छ । पहिला–पहिला मधुमेहलाई धनीको रोग भनिन्थ्यो तर अहिले गरिब देशका गरिब जनतामा पनि बढ्दै गएको छ । मधुमेह दीर्घकालीन रूपमा  शरीर गल्ने रोग हो । आयुर्वेदमा यसलाई याप्य रोगको रुपमा वर्णन गरिएको छ । मधुमेहमा रगतमा ग्लुकोजको मात्रा हुनुपर्ने भन्दा बढी भई कालान्तरमा शरीरको महत्वपूर्ण अंगहरुलाई क्षति पुग्दछ । मधुमेह विशेष गरि इन्सुलिनको कमी वा इन्सुलिनले काम गर्न नसक्दा हुने रोग हो । शरीरमा इन्सुलिनको कमी भएमा शरीरले ग्लुकोजलाई प्रयोग र संचय पनि गर्न नसक्ने हुँदा रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ । जसलाई मधुमेह भनिन्छ । लक्षण 
–   पिसाब धेरै पटक लाग्नु
 –    पिसाबमा कमिलाहरु लाग्नु 
–    तिर्खा बढी लाग्नु 
–   भोक बढी लाग्नु 
–    शरीरको तौल एक्कासी घट्नु 
–   धेरै कमजारी हुनु
 –    मुख सुख्खा र गुलियो हुने 
–    जिब्रो, दाँतमा मैलो जमिरहने 

यी कारणले पनि नहुन सक्छ बच्चा


वैवाहिक जीवनमा पति–पत्नीबीच समय समयमा स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्ने मान्यता छ । नेपाली समाजमा यौनबारे भरसक कुरा गर्न नचाहने प्रवृति बढी छ । व्यक्तिअनुसार यौनबारे ज्यादै महत्वपूर्ण, आवश्यक, केटाकेटी जन्माउनको लागि मात्र भएपनि आवश्यक वा नभै नहुने कुरा जस्ता फरक धारणा हुनसक्छ । तर, सफल दाम्पत्य जीवनको लागि स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्न सकिन्छ । पुरुषहरुमा देखिने विभिन्न यौनसमस्या मध्ये नपुंसकता पनि एक हो । यौन उत्तेजना वढाउने धेरै खालका औषधी बजारमा आईसकेका छन र ती भन्दा अझ राम्रो औषधीहरुको खोजी भइराखेको छ । औषधी उत्पादक कम्पनीहरुलाई यस्ता यौन उत्तेजना वढाउने औषधीको माग छ भन्ने कुरा थाहा छ ।
स्वस्थ्य पुरुषमा, पहिले यौनसम्वन्ध राख्दा कुनै समस्या नभएपनि पछि नपुंसकता हुन सक्छ । नपुंसकता नहुनको लागि पुरुषको यौनाङ्गमा रक्तसंचार गर्ने रक्त नलीहरु र नसाहरु स्वस्थ्य हुनु आवश्यक छ । कुनै कारणवस यौनाङ्गमा उत्तेजना ल्याउन आवश्यक पर्ने नसाहरुले राम्रो काम गर्न सकेनन भने नपुंसकता हुन सक्छ । यस्तो अवस्था मधुमेहका विरामीहरु र मदिरा पानको लत लागेका पुरुषहरुमा हुन सक्छ । किन कि यी दुवै अवस्थाले विभिन्न नशाहरुलाई असर पारेका हुन्छन र ती मध्ये यौनाङ्गमा जाने नशा पनि पर्दछन । अर्थात मधुमेहका विरामीले रोगलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु पर्दछ, मदिरापानको लतवाट बच्न पनि जरुरी छ ।
खानेवानी र नपुंसकता धेरै हदसम्म अन्तरसम्बन्धीत कुरा हो । रगतका नलीहरुलाई सागुरो गराउने २ वटा मुख्य तत्वहरुमा एउटा कोलेस्टेरोल हो र अर्को निकोटिन (चुरोट) हो । निकोटिन नपुंसकताको एउटा कारण मानिएको छ । चुरोट पिउनेहरुको मुखमा छिटो चाउरी पर्छ वास्तविक उमेर भन्दा बुढो देखिन्छ मुटुमा रक्त संचार गर्ने नलीहरुलाई खुम्चाउछ र ह्दयघात गराउन सक्छ र यौनाङ्गका रक्त नलीलाई खुम्च्चाएर नपुंसक बनाउन सक्छ । लिङ्गमा उत्तेजना आउनु भनेको लिङ्गमा रगतको राम्रो संचार हुनु हो र रगतका नलीहरु खुम्चिएर आवश्यक मात्रामा रगतको प्रभाह हुन सकेन भने लिङ्गमा हुनु पर्ने उत्तेजना र कडाइपन हुदैन र कडाइपन नै नभएको लिङ्गवाट यौन सम्वन्ध सफल हुन सक्दैन ।
त्यस्तै गरेर रगतका नलीहरुमा वोसोको लेउ लाग्यो भने रगतको नली साघुरीदै जान्छन । वोसोको लेउ लाग्ने भनेको कोलेस्टेरोल हो । कोलेस्टेरोल हाम्रो शरीरलाई आवश्यक पर्ने तत्व हो तर चाहिने भन्दा यसको मात्रा वढी भयो भने यसले रगतका नलीहरुलाई साघुरो बनाउँदै जान्छ । रगतका नली साघुरिएर ७०% वा ८०% ब्लक भएका छन र मुटुमा रगत पु¥याउन सकेका छैनन भन्ने हामीले सुन्ने गरेका छौ । मुटुमा राम्रोसँग रगत संचालन भएन भने ह्दयघात हुन्छ ।
त्यस्तै गरेर यौनाङ्गमा जाने रक्तनलीले यौन सम्वन्ध राख्ने इच्छा भएको वेलामा आवश्यक मात्रामा रगत लिङ्गमा पु¥याउन सकेनन भने नपुंसकता हुन्छ । यहि कुरालाई अर्को तरिकाले पनि भन्न सकिन्छ रगतमा कोलेस्टेरोलको मात्रा धेरै छ भने रगतको नलीहरु साघुरीन्छन र नपुंसकताको साथै अन्य विभिन्न स्वास्थ्य समस्याहरु आउन सक्छन । मानिसले चाहना राखेमा चुरोट नपिउन सक्छ र खानेकुरामा विशेष ध्यान दियौ भन कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै गरेर मानसिक तनावलाई सकेसम्म कम गर्न सक्यो भने तनावका कारण हुनसक्ने यौनसमस्या पनि हुदैनन ।
धेरैलाई लाग्न सक्छ रक्सिले यौन इच्छा वढाउनु पर्ने हो, हुन त हो रक्सिले यौनसम्वन्ध राख्ने इच्छा त वढाउन सक्छ तर सफलतापूर्वक यौनसम्पर्क राख्नसक्ने शक्ति कम गर्छ । अन्य यौनसमस्या उत्पन्न गर्ने रोगहरुमा डिप्रेसन, एन्जाइटी न्युरोसिस, मृगौला सम्वन्धि रोग, ब्लड प्रेसरको उपचारमा दिइने केहि औषधी, डिप्रेसनको उपचार गर्दा दिइने केही औषधी आदी हुन ।
मांसहारी भोजन खास गरेर रातो मासु र धेरै वोसो भएको मासुले कोलेस्टेरोल बढाउछ । त्यस्तै गरेर घिउ, नौनी, चीज र विभिन्न प्रकारका तेलहरुले कोलेस्टेरोल बढाउँछन । यसको मतलव यी पदार्थहरु खानै नहुने भन्ने भने होइन । सकभर रातो मासु र घिउको चिल्लो नखाएको राम्रो । तेलहरु सकेसम्म कम खानु उपयुक्त हुन्छ । यसका साथै भुटेको र तारेको खानाहरुमा धेरै चिल्लो हुनेहुँदा नखानु राम्रो हुन्छ ।
शाकाहारी भोजन स्वास्थ्यको लागि लाभदायक हुन्छ । शाकाहारी खानाहरु जस्तै चामल, दाल, आलु, गेडागुडीहरु, हरियो सागपात, तरकारीहरु, फलफूलहरु, चिल्लो नभएको दुध, दही, आदी खाँदा कोलेस्टेरोल बढ्दैन । शाकाहारी खाना खानाले कोलेस्टेरोल बढेका कारण नपुंसकता भएको रहेछ भने हट्छ । नपुंसकता मात्र होइन यस्तो खाना खानाले वजन घटाउन, ब्लड प्रेसर घटाउन, मुटु सम्वन्धि रोग कम गर्न, कव्जीयत हटाउन र विभिन्न क्यान्सर रोगहरुवाट वच्न समेत सकिन्छ । शाकाहारी खाना खाँदा सकभर नुन र चिनी पनि कम खानु राम्रो हुन्छ । शाकाहारी खानाको साथै सलाद जस्तै गाजर, काक्रो, मुला, गोलभेडा आदी इच्छानुसार खाए हुन्छ ।

शाकाहारी खाना न स्वादिलो हुन्छ, न मिठो हुन्छ, न मन पर्छ यस्तो खाना कसरी खान सकिन्छ भन्ने प्रश्न कसैकसैले गर्लान । हो मांसाहारी खाना खानेवानी परेकाहरु, धेरै चिल्लो र वोसोयुक्त खाना खानु पर्नेहरु, भुटेको र तारेको खाना खान मात्र मन पर्नेहरु र प्रशस्त आइसक्रिम चकलेट केक आदीको स्वाद लिनुपर्नेहरुलाई शाकाहारी खाना खान निकै कठिन हुन्छ । यस्ता स्वादका पारखीहरुले मिल्क चकलेटको वदला एक टुक्रा डार्क चकलेटमा बढीमा २ चम्चा आइसक्रिम राखेर खानसक्छन् । माछामासु खानै पर्नेभए छाला फालेको कुखुराको मासु र राम्रो खालको माछा स्वास्थ्यकर हुन्छ । यस्तो अवस्थामा तारेको भन्दा, ग्रील गरेको वा पकाएको खान सकिन्छ ।
यौनसमस्या मानसिक तनाव, ज्यादै थाकेका, श्रीमान श्रीमतीबीच राम्रो सम्वन्ध नभएका कारण पनि हुन सक्छ । सकभर मानसिक तनाव कम हुने तरिकाहरु अपनाउन र पारिवारीक जीवन सौहार्दपूर्ण बनाउने प्रयास गुर्नपर्छ । यौनसमस्या भएका पुरुषहरुले पहिले त मधुमेह छ छैन वा रगतमा कोलेस्टेरोलको मात्रा वढी छ छैन जाँच गराउँनुपर्छ ।
यौनसमस्या मानसिक तनाव, ज्यादै थाकेका, श्रीमान श्रीमतीबीच राम्रो सम्वन्ध नभएका कारण पनि हुन सक्छ । सकभर मानसिक तनाव कम हुने तरिकाहरु अपनाउन र पारिवारीक जीवन सौहार्दपूर्ण बनाउने प्रयास गुर्नपर्छ । यौनसमस्या भएका पुरुषहरुले पहिले त मधुमेह छ छैन वा रगतमा कोलेस्टेरोलको मात्रा वढी छ छैन जाँच गराउँनुपर्छ । कोलेस्टेरोल बढी रहेछ भने खानामा विशेष ध्यान दिएमा यसलाई घटाउन सकिन्छ । मदिरापान अत्यधिक गर्ने वा मदिराको लत लागेकाहरुमा पनि यौनसमस्या बढी नै हुन्छ ।
धेरैलाई लाग्न सक्छ रक्सिले यौन इच्छा वढाउनु पर्ने हो, हुन त हो रक्सिले यौनसम्वन्ध राख्ने इच्छा त वढाउन सक्छ तर सफलतापूर्वक यौनसम्पर्क राख्नसक्ने शक्ति कम गर्छ । अन्य यौनसमस्या उत्पन्न गर्ने रोगहरुमा डिप्रेसन, एन्जाइटी न्युरोसिस, मृगौला सम्वन्धि रोग, ब्लड प्रेसरको उपचारमा दिइने केहि औषधी, डिप्रेसनको उपचार गर्दा दिइने केही औषधी आदी हुन । कुनै रोगको उपचार गराइरहँदा र औषधी सेवन गरी रहँदा यौनसमस्या देखिएको छ भने उपचार गर्ने चिकित्सकसँग आफ्नो समस्या राख्नुपर्छ । परिक्षण गर्दा कुनै स्वास्थ्य समस्या देखिदैन, चुरोट खानु हुन्न, मदिराको लत छैन, कोलेस्टेरोल ठिक मात्रामा छ तै पनि यौनसमस्या छ भने यो साइकोलोजीकल मात्र पनि हुन सक्छ, काल्पनिक डर जस्तै –ममा केहि कमी छ, यौनाङ्गमा खरावी छ कि ? यौन सम्वन्ध राख्न सक्षम छैन, भन्ने लाग्यो भने डरले र चिन्ताले असर पार्छ र यौनसम्वन्ध राख्न असफल हुन सक्छ । यौन सम्वन्ध सफलता पूर्वक राख्नको लागि शारीरिक, मानसिक रुपले स्वस्थ्य, भावनात्मक रुपले सवल, तनावरहित, हतार नभएको, शान्त, सुरक्षित ठाउँ र गोपनीयता आवश्यक हुन्छ ।

ग्यारेथ वेल छैटौं पटक बने वर्ष खेलाडी


ग्यारेथ बेल छैटौं पटक वेल्सको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रियल मड्रिडका २७ वर्षे फवार्ड बेल लगाातार चौथो पटक र समग्रमा छैटौं पटक वेल्स प्लेयर अफ दि इयर घोषित भएका हुन् ।
वेलकै प्रेरणामा वेल्सले यो वर्ष युरो कपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो, जुन उसको अहिलेसम्मकै ठुलो उपलब्धि हो ।
उनी २०१० मा पहिलो पटक वर्ष खेलाडी बनेका थिए । २०११ मा पनि उत्कृष्ट घोििषत उनलाई २०१२ कम भने जोए एलनले पछि पारे । तर, त्यसयता  वेलले लगातार चौथो पटक यो अवार्ड जितेका छन्  ।
स्टोक मिडफिल्डर जोए एनलाई प्लेयर्स र फ्यान प्लेयर अफ दि इयर अवार्ड दिइएको छ भने १६ वर्षका इथेन अम्पाडुलाई युवा वर्ष खेलाडी घोषणा गरिएको छ ।

ट्रम्पले राष्ट्रपतिको चुनाव जित्ने बाँदरको भविष्यवाणी


फुटबल प्रतियोगिता, मौसम तथा वर्षात् तथा चिट्ठाका विषयमा विभिन्न जिवजन्तुहरुले भविष्यवाणी गर्ने गरेको त सुनिएको थियो । तर यो पटक भने एउटा बाँदरले दुनियाकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिका बारेमा नै भविष्यवाणी गरिदिएको छ ।
बाँदरको उक्त भविष्यवाणीको विषयमा मानिसहरु सोसल मिडियामा बहस गरिरहेका छन् ।
उक्त बाँदरले अमेरिकी राष्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनलाई हराउँदै डोनाल्ड ट्रम्प विजयी हुने र राष्ट्रपति पदको बागडोर डोनाल्ड ट्रम्पको हातमा आउने भविष्यवाणी गरेको छ ।
अमेरिकी राष्ट्रपति चुनावको बारेमा भविष्यवाणी गर्ने उक्त बाँदरको नाम गेडा हो । स्मरण रहोस् गेडाले यहीँ वर्ष भएको युरोकप फुटबलको बारेमा समेत सही भविष्यवाणी गरेका थियो ।
चीनको सिन्हुवा इकोलोजिकल पार्कमा आयोजित एक कार्यक्रममा उक्त बाँदरले ट्रम्प नै अमेरिकाको आगामी राष्ट्रपति बन्ने भविष्यवाणी गरेको हो ।
समारोहस्थलमा ट्रम्प र हिलारीका एक एक वटा शालिक राखिएको थियो । त्यसपछि पहेँलो रंगको टिसर्ट लगाएको उक्त ज्योतिषी बाँदरलाई कसले चुनाव जित्दछन् भनी छनोट गर्न लगाइयो । बाँदरले सबैलाई चकित पार्दै डोनाल्ड ट्रम्पको शालिकतिर गयो र ट्रम्पको शालिकको अनुहारमा  चुम्बन पनि गर्यो ।
स्मरण रहोस् गेडा बाँदरले गएको युरोकप फुटबल अन्तरगत फ्रान्स र पोर्चुगलबीचको खेलको भविष्यवाणी गर्दै खेल पोर्चुगलले जित्ने भविष्यवाणी गरेको थियो ।

यो हो दुनियाकै महँगो तरकारी, किलोको ५० हजार रुपैयाँ


तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला ।
दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीपनि तिनछक पर्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी हो, गुच्छी च्याउ ।
नेपालका समेत उच्च पहाडि तथा हिमाली भेगमा पाइने तर खासै महत्व नपाएको गुच्छी च्याउ भारतमा भने सुनको भाउमा बिक्ने गरेको छ ।खासगरी हिमाचल, कश्मीर लगायतका क्षेत्रमा पाइने गुच्छी प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्दछ ।
भारतीय सचार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् । वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गणले युक्त छ ।
भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् । यो च्याउको माग भारतसँगै अमेरिका, युरोप, फ्रान्स इटाली तथा स्विजरल्याण्ड सम्मै रहेको छ ।

हिरोइन इशिता दत्तासँग रोमान्स गर्दै कपिल शर्मा


सानो पर्दामा सबैलाई हँसाउने हाश्य कलाकार कपिल शर्मा ठूलो पर्दामा रोमान्स गर्दै गरेको देखिँदैछन् ।
चलचित्र ‘किस कसिको प्यार करुँ’ अभिनेता तथा कमेडी कलाकार कपिल शर्माको अर्को चलचित्रको तयारी तीव्र गतिमा भइरहेको छ ।
समाचारहरुमा जनाइएअनुसार नयाँ चलचित्रमा अभिनेता कपिल शर्माले अजय देवगणको फिल्म दृश्यममा उनकी छोरीको रुपमा अभिनय गरेकी इशिता दत्ताका साथ अनस्किन रोमान्स गर्नेछन् ।
यी दुईको अभिनय गर्न लागेको कमेडी ड्रामा फिल्म ‘फारंगी’को निर्देशन राजीव ढिंगराले गर्नेछन् र फिल्मको शुटिङ आगामी नोभेम्बर २५ देखि सुरु हुनेछ । यसको शुटिङ पञ्जाव र राजस्थानमा गरिने बताइएको छ ।
फिल्मकी हिरोइन इशिता दत्ता तनुश्री दत्ताकी बहिनी हुन् । इशिताले सन् २०१२ मा ‘दृश्यम’ मा अजय देवगणको छोरीको भूमिकामा देखिएकी थिइन् । झारखण्डको जमदेशपुरकी इशिताले दक्षिण भारतीय चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । इशिताले यस फिल्ममा अरुंधती त्रिवेदीको भूमिका निभाउनेछिन् ।
© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal