ताजा अपडेट:

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित



२५  कात्तिक, भाउन्ने मोरंग । डेमोक्रेटिक हिलारी क्लिन्टनमाथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् ।
निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रप अमेरिकाको ४५ औं राष्ट्रपति बने । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि हुन् ।

५३८ इलेक्टोरल अलेजमा राष्ट्रपति बन्न २७० मत चाहिन्छ । ट्रम्पले २७६ मत पाएका छन् । र, मत गणना अन्तिम तरणमा रहेको एरिजोना र मिसिगनमा उनकै अग्रता छ । एरिजोनाको ११ र मिसिगनको १६ मत थपियो भने ३०३ मत हुनेछ ।
 पूर्व विदेशमन्त्री समेत रहेकी हिलारीले हार स्वीकार गरेकी छन् । ट्रम्पले भने सबैको राष्ट्रपति बन्ने बाचा गरेका छन् ।
यो परिणाम धेरेका लागि अप्रत्यासित हो । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर देखिएका थिए र हिलरी नै हृवाइट हाउसमा जाने देखाएको थियो ।
तर, निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मारे, जसले उनलाई हृवाइट हाउस प्रवेश गरायो । विस्कन्सिनमा ट्रम्पले हात पारेको जित पनि डेमोक्रेटहरुका लागि अर्को झड्का थियो ।
ट्रम्प चुनावी अभियानका क्रममा पटक पटक विवादमा नआएका होइनन् । आप्रवासी, आतंकवादबारे कडा देखिएका उनीमाथि महिलाको इज्जत नगरेको आरोप पनि लाग्यो । तर, कामकाजी श्वेत समुदायको भोट उनलाई नै उल्लेख आयो ।
उनका प्रतिस्पर्धी हिलरी अफ्रिकी अमेरिकी समुदायको भोट अपेक्षाकृत पाउन असफल भइन् भने उनले युवा पुस्ताको पनि मन जित्न नसकेको देखियो ।
कंग्रेसमा पनि बहुमत
रिपब्लिकन पार्टीले कंग्रेसको माथिल्लो सदन सिनेट र तल्लो सदन हाउसमा आफनो बहुमत पाएको छ ।मंगलबार केही सिटको जीत सँगै एक सय सदस्य संख्या रहेको सिनेटमा रिपब्लिकन पार्टीको ५१ सिट भएको छ ।
हाउसमा रिपब्लिकन पार्टीले दुई सय ३६ संख्या राख्न सफल भएको छ । कुल चार सय ३५ संख्या रहेको हाउसमा बहुमतका लागि दुई सय १८ आवश्यक पर्छ । डेमोक्र्याटिक पार्टीको एक सय ९१ सांसद छन् ।
:)
:(
=(
^_^
:D
=D
|o|
@@,
;)
:-bd
:-d
:p

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal