ताजा अपडेट:

एउटै कम्प्युटर ४० जना प्रयोगकर्ताले एकैपटक चलाउन सम्भव छ ?




एउटै कम्प्युटर ४० जना प्रयोगकर्ताले एकैपटक चलाउन सम्भव छ ? हो, यो कार्यलाई सुन्डे कम्पनीको डिभाइसले सम्भव तुल्याएको छ । नेपालमा केही वर्ष अघिदेखि कमटेक ग्रुपले सुन्डेका यस्ता डिभाइस उपलब्ध गराइरहेको छ ।

कम्प्युटरको सीपीयूको ठाउँमा उक्त डिभाइस राखेपछि एक जना युजरले ५ वाटसम्म मात्र विद्युत् खपत गर्छन् । उक्त डिभाइसमार्फत एकै पटकमा ४० जनासम्म प्रयोगकर्तालाई सफ्टवेयर, नेट प्वाइन्ट ५.१ को पहुँच प्रदान गर्न सकिन्छ । यसमा प्रयोगकर्ताले आफ्नो किबोर्ड, मोनिटर तथा स्पिकर अर्को सेयर गरिएको कम्प्युटरसँग जोड्न सक्छन् ।

खासगरी निजी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था आदिले यो डिभाइस प्रयोग गरिरहेका छन् । यसबाट ७५ प्रतिशत लगानी, ७० प्रतिशत मर्मत तथा ९० प्रतिशत विद्युत् बचत हुने दाबी गरिन्छ । 

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal