ताजा अपडेट:

दर्शकलाई हँसाउन सजिलो छैनः अक्षय कुमार



एक्सनको साथै कमेडीमा पनि प्रभाव छाड्न सफल बलिउड अभिनेता अक्षय कुमारलाई लाग्छ कमेडी फिल्मले एक्सन फिल्मसँग मुकाविला गर्न सक्दैन ।
खेलाडी कुमार समेत भनिने अक्षय अभिनित ‘हाउसफुल-३’ रिलिजको अन्तिम तयारीमा छ ।
मान्छेलाई हँसाउनु सबै भन्दा जटिल काम हो भन्ने मान्यता राख्ने अक्षय कमेडी फिल्मलाई कुनै पनि श्रेणीमा नराखिएकोमा चिन्तित छन् । ‘कमेडी फिल्मलाई कसैले कुनै शैलिको फिल्म नै मान्दैनन्, अवार्ड पनि दिन गार्‍हो मान्छन् ।’ अक्षयले भने ।
कतिपय कमेडी फिल्मको प्रिमियर शोमा ब्यापक प्रसंसा सुनेका अक्षयले शनिवार समेत राम्ररी फिल्म नचलेको पनि देखेका छन् ।
दर्जन बढी कमेडी फिल्ममा काम गरेका अक्षय अझै दर्शकलाई हँसाउन सिक्दै गरेको बताउछन् । आफ्नी श्रीमति ट्वीकल खन्नाले समेत कमेडी फिल्म नहेर्ने जानकारी दिए उनले ।
बलिउड फिल्मको लागि सबै भन्दा ठूलो खतरा हलिउड फिल्म नै हो भन्ने लाग्छ । उनलाई थाह छ बलिउड फिल्मले लगानी बढाएर हलिउडसँग प्रतिस्पर्धा गर्न सक्दैन । उनि भन्छन ‘हामीले मौलिक कथा खोजेर हलिउडसंग प्रतिस्पर्धा गर्नुपर्छ ।’
‘हाउसफुल-३’ मा रितेश देशमुख, अभिषेक बच्चन, ज्याकलिन फर्नाडिस, नरगीस फाखरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal