ताजा अपडेट:

करोडौँ पासवर्ड लिक भए, तुरुन्त बदल्नुस् आफ्नो इमेलको पासवर्ड


ह्याकरहरुले जिमेल, हटमेल तथा याहु समेत गरी २७ करोड भन्दा बढि प्रयोगकर्ताका इमेल र त्यसको पासवर्ड लिक गरिदिएका छन् ।
तपाइँको इमेल पासवर्ड पनि लिक भएको हुनसक्छ । त्यसैले तत्कालै पासवर्ड बदलिहाल्नुहोस् र आफ्नो इमेल अकाउ-ट सुरक्षित बनाउनुहोस् ।
होल्ड सेक्योरिटी नामक कम्पनीले एक रिपोर्टमा दाबी गरे अनुसार एक ह्याकरबाट उसले यी तमाम डाटा फेला पारेको छ ।
लिक भएका डाटाहरुमा जिमेल, हटमेल तथा याहू प्रयोग गर्ने प्रयोगकर्ताहरुका इमेल ठेगाना तथा पासवर्ड पनि हुनसक्ने बताइएको छ ।
यी डाटाहरु कहाँबाट लिक भएका हुन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन । होल्ड सेक्योरिटीले आफ्नो ब्लगमा ह्याकर तथा उसको स्थानका बारेमा केही खुलाएको छैन, मात्र आफुलाई कोही ह्याकरले दिएको मात्र बताएको छ ।
आफुसँग फरक फरक समयमा ह्याक भएका झण्डै १० गिगाबाइट डाटा रहेको र कुल ९० करोड इमेल रहेको उसले बताएको छ । त्यसमा सबै नयाँ नरहेको पनि उसले बताएको छ ।
यदि यो संख्या सही भएमा यो अहिलेसम्मकै ठूलो इमेल ठेगानाको लिक हुनसक्छ । केही समय पहिले एडोबीका १५ करोड ग्राहकको डाटा लिक भएको थियो ।
त्यस्तै एश्ले मेडिसिन लिकले पनि दुनियामा हंगामा मच्चाइदिएको थियो र धेरै सेलिब्रेटी तथा नेताहरु को सँग डेटिंग गए भन्ने पोल खुलेको थियो ।
पछिल्लोपटक भएको इमेल लिकबाट विश्वका करोडौँ इमेल प्रयोगकर्ता प्रत्यक्ष प्रभावित हुने देखिएको छ । त्यसैले आफ्नो इमेल अकाउण्टको जानकारी सुरक्षित गर्नका लागि तत्कालै पासवर्ड परिवर्तन गरेर सुरक्षित पासवर्ड राख्नु उपयुक्त हुनेछ ।
आफ्नो इमेलको डाटा लिक भएको छ किन छैन भन्ने जान्नका लागि यो लिंकमा क्लिक गरेर आफ्नो इमेल ठेगाना सर्च गर्न सक्नुहुन्छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal