मुम्बईमा भएको बोर्ड बैठकले ठाकुरलाई सर्वसम्मत रुपमा अध्यष चयन गरेका हो । ४१ वर्षका ठाकुर यसअघि बीसीसीआई सचिव थिए ।
ठाकुर भारतीय क्रिकेट बोर्डको ३४ औं अध्यक्ष बनेका छन् । अब उनी २०१७ सेप्टेम्बरसम्म अध्यक्ष रहनेछन् । अध्यक्षको पदभार सम्हाले लगतै उनले अजय शिर्केलाई सचिव नियुक्त गरेका छन् ।
उनी महाराष्ट क्रिकेट एशोसिएसनका अध्यक्ष समेत हुन् । उनी बीसीसीआईका पूर्व कोषाध्यक्ष समेत हुन् । आईपीएलमा भएको अनियमितताबारे बोर्डको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनले २०१३ मा राजीनामा दिएका थिए ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला