
ताप्लेजुङमा गोलभेडाको माग बढेसँगै दिलकुमारको उत्पादनको खपत पनि बढेको छ भने मासिक एक लाख बीस हजारसम्म आम्दानी समेत गर्दै आएका छन् । पहिले सदरमुकाममा लाग्ने शनिबारे र मंगलबारे हाटलाई ढपक्क ढाक्ने भारतको गोलभेडालाई बिस्तारै बिस्थापन गर्दै अहिले दिलकुमारले उत्पादन गरेको गोलभेडाले बजार लिएको छ ।
जन्म घर थेचम्बुबाट पढाईको सिलसिलामा सदरमुकाम पसेका दिलकुमारले पहिले सदरमुकामस्थित तोक्मे डाँडामा कपडा तथा जुता चप्पल पसल पनि गरे । एक वर्ष अघि आगलागीले पसलनै खरानि बनाए पछि उनको चाहना मोडियो कृषि व्यवसाय तर्फ ।
आगलागीअघि पनि प्रत्येक शुक्रबार बजार बन्द भएको समयमा सामान्य तरकारी तथा बंगुर पालन गर्दै आएका उनले त्यस पछि भने गोलभेडा खेतीलाई व्यवसायीक रुपमानै अघि बढाए । सदरमुकाम नजिकै १५ रोपनी जग्गा लिजमा लिएर तरकारी खेती सुरु गरेका उनले अहिले ६ युवालाई रोजगार समेत दिएका छन् भने मनग्गे आम्दानि समेत गर्दै आएका छन् ।
खेतभर टेन्ट टाँगेर फलाएको गोलभेडा बजार लैजान नजिकै मेचि राजमार्ग भएकाले समस्या पनि छैन । बजारमा गोलभेडाको हारालुछ हुन्छ अझै माग अनुसार पुर्याउन सकिरहेको छैन अझै रोप्ने तयारीमा छु, दिलकुमार भन्छन् ।
सदरमुकाम मात्र नभई ताप्लेजुङको स-साना बजार खाम्दिने, हप्पुखोला, सुकेटार, दोभान, सिवा लगायतका स्थानमा पनि उनले उत्पादन गरेको गोलभेडाको राम्रो माग रहेको छ । सबै स्थानमा हिउँद, बर्खाको समय गोलभेडा उत्पादन नहुने हुँदा उनको उत्पादनको बजार कहिल्यै नघटेको दिलकुमारले सुनाए ।
व्यवसायिक रुपमा खेती सुरु गरेपछि जिल्ला कृषि विकास कार्यालयले पनि बिउ विजन तथा प्राविधिक सहायता गरिरहेको बताउने दिलकुमार खेति संबन्धि नयाँ नयाँ प्रविधि आफै युटुव र गुगलबाट खोजेर समेत सिक्ने गरेको बताउँछन् ।
पहिले गोलभेडाको बोटलाई लड्नबाट जोगाउन बाँसको भाटा प्रयोग गरेका उनले अहिले प्लाष्टिकको डोरी प्रयोग गरिरहेको देखिन्छ । थोरै लगानिमा प्लाष्टिकको डोरीलेनै काम गर्ने रहेछ बाँसलाई महँगो पनि पर्ने, भनेको समयमा पनि नपाईने युटुवमा गोलभेडा खेती सम्बन्धि खोज्दा विदेशमा यसै गरेको पाएँ र गरे पनि गरे यहि जे पनि हुने रहेछ आम्दानिबाट हौसिएका दिलकुमार भन्छन् ।
पहिले गाउँका सबै युवा बैदेसिक रोजगारीमा जाँदा आफुलाई पनि जाने मन हुन्थ्यो तर नगई यहि मन लगाएर काम गरे कृषि पेशाबाट राम्रो आम्दानि गर्न सकिने रहेछ दिलकुमारको अनुभव छ ।
गोलभेडा प्रमुख व्यवसाय भए पनि उनले भविश्यलाई हेदै अलैचिको पनि नर्सरी सुरु गरेका छन् । अहिले ताप्लेजुङमा गोलभेडा प्रतिकिलो ७० रुपैयाँमा विक्रि हुने गरेको छ । छोटो समयमानै राम्रो आम्दानि लिन सफल दिलकुमार कृषिर् पेशालाई व्यवसायिक बनाउन सरकाले पनि युवाहरुलाई ऋण सहायता र प्रेरणा दिनुपर्ने बताउँछन् ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला