खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मदतमा अल्बानियालाई हराउँदै फ्रान्स युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार विहान भएको खेलमा आयोजक फ्रान्सले अल्बानियालाई २-० गोल अन्तरले हराएको हो । लगातार दोस्रो जितसँगै फ्रान्स अन्तिम १६ मा स्थान बनाउन पहिलो टोली बनेको छ ।
फान्सेली प्रशिक्षकले आफ्ना दुई स्टार ग्रिजम्यान र पल पोग्बोलाई बेच्नमा राखेका थिए । पहिलो खेलमा उत्कृष्ट गोल गरेका पयेटलाई आक्रमणको जिम्मा दिए ।
तर, अल्बानियाको डिफेन्सका अगाडि फ्रान्सलाई निकै डिफेन्सिभ खेल प्रस्तुत गर्यो । पोग्बा पहिलो हाफको अन्तिममा मैदान प्रवेश गरे भने ग्रिजम्यान ६८ औं मिनेट ।तर, गोलका लागि भने घरेलु टोलीले अन्तिम मिनेटसम्म कुर्नु परेको थियो ।
निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा फ्रान्सका ग्रिजम्यानले गोल गरे । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर पयेटले गोल गरे र फ्रान्स २-० ले विजयी भएको छ ।
यसअघि दोस्रो हाफको सुरुमा नै अल्बानियाको प्रहार पोष्टमा लागेको थियो भने ग्रिजम्यानले विस्थापित गर्नु अघि ओलिभर जिरउडको प्रहार पनि बारमा लागेको थियो ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला