निर्देशक ऋषिराज आचार्य आफूले यसपटक अहिलेसम्म नेपाली चलचित्र क्षेत्रमा नउठेको बिषयलाई लिएर चलचित्र बनाएको बताउँदै थिए । उनले निर्देशन गरेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ साउन २१ गतेबाट रिलिज हुँदैछ । उनले बिषयवस्तु भने खुलाउन नमिल्ने बताए ।
ऋषि यसपटक आफूद्धारा निर्देशित चलचित्रले आफ्नो करिअरलाई नै फाइदा पुग्नेमा ढुक्क छन् । काठमाण्डौमा आयोजित चलचित्रको पत्रकार सम्मेलनमा मुख्य ५ जना कलाकार उपस्थित थिए । चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला, सुरजनी केसी, शिशिर भण्डारीको साथमा नयाँ-कलाकार रीजा भुषालको मुख्य भूमिका छ ।
पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर र शिर्ष गीत सार्वजनिक गरिएको थियो, जुन केहि समय अगाडि नै युटुबमा सार्वजनिक भैसकेको छ ।
चलचित्रका नायक सुशान्त कार्की र सुशिल सिटौला विचमा ‘सुन्तली’ बनेकी सुरजनीलाई भगाउने कुरामा लडाई पर्छ । एउटा राम्रो कथामा बनेको चलचित्रको शिर्ष भूमिकामा काम गर्न पाउँदा आफूलाई खुशी लागेको नायिका सुरजनी केसीको भनाई थियो ।
नायक सुशान्तले सुन्तलीलाई कसले भगाउँछ भन्ने जान्नका लागि दर्शकले साउन २१ मा हलमा गएर चलचित्र हेर्नुपर्ने बताए ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला