सरकारले निः शुल्क उपलव्ध गराउने भनिएको चालीस प्रकारका मध्ये सामान्य प्रकृतिका औषधि समेत स्वास्थ्य संस्थामा उपलव्ध छैन ।
सामान्य ज्वरो, रुघाखोकीका औषधिसमेत स्वास्थ्य चोकीमा उपलब्ध नहुदा ग्रामिण क्षेत्रमा स्थानीय मर्कामा परेका छन् ।
ताप्लेजुङको पूर्वी विकट खेवाङ गाविसमा रहेको स्वास्थ्य चौकिमा सामान्य स्वास्थ्य उपचारका लागि समेत औषधि नहुँदा स्थानिय मर्कामा परेका छन् ।
बिरामीलाई सरकारले निशुल्क रुपमा उपलब्ध गराउने भनिएको चालीस प्रकारका औषधि मध्ये सामान्य प्रकृतिका आधा समेत औषधी स्वास्थ्य चौकिमा पाउन नसकिएको खेवाङका स्थानीय उमेश गौतमले बताए ।
यातायातको पहुँच समेत नपुगेको यस स्थानमा रहेको स्वास्थ्य चौकिमा केहि समय अघि मात्र अहेब बाबुराम मुखियाले सेवा दिन थाले पनि औषधी नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ ।
स्वास्थ्य चौकिमा रुघा खोकि देखि गम्भिर प्रकृतिका विरामि समेत आउने गरे पनि सिटामोल, डिकोल्ड, ब्रोफिन र अन्य केहि सामान्य उपचारमा आवस्यक औषधिमात्र हुँदा सामान्य विरामिलाई समेत सदरमुकाम र अन्य स्थानमा पठाउनुपर्ने बाध्यता रहेको अहेब बाबुराम मुखियाले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि मगाए पनि ढुवानि समस्या र अन्य कारण देखाउँदै औषधी नपठाउँने हुँदा यस गाविसका स्थानिय स्वास्थ्य सेवा लिन बाट बन्चित भएको स्थानियका गुनासो रहेको छ ।
गाउँमानै रहेको स्वास्थ्य चौकिमा कर्मचारी भए पनि औषधी र उपचारका सामाग्रि नहुँदा डोके र स्टेचरमा विरामि बोकेर दुईदिन सम्म लगाएर ताप्लेजुङ र पाँचथरका अस्पतालमा लैजानु पर्दा उपचार अभावमा धेरैले बाटोमानै ज्यान गुमाउनु परेको छ । विरामि लिएर हिड्न् बोट समेत साँघुरो र भिर भएकाले जोखिम अझै बढेको स्थानिय बताउँछन् ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला