‘हाललाई प्रधानमन्त्री बन्ने रहर छैन’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अहिले नै प्रधानमन्त्री बन्ने हतारो र रहर नभएको बताएका छन् । ‘अहिलेको मेरो प्रयास राष्ट्रिय सहमति जुटाउने हो । कांग्रेस र मधेसवादीसहितका शक्तिहरु सहमतिमा आए भने मात्रै म प्रधानमन्त्री बन्छु’, नेकपा माओवादी केन्द्र दोलखाको चौथो एकता सम्मेलनलाई चरिकोटमा सम्बोधन गर्दै उनले भने, ‘हामीले १६ बुँदे बनाउँदा खेरि नै संविधान कार्यान्वय गर्ने बेलासम्म, स्थानीय निर्वाचन र प्रादेशिक निर्वाचन नगरेसम्म सबै शक्ति एकै ठाउँमा बस्ने सहमति भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन गर्ने प्रयासमा म सक्रिय छु ।’ अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिकै लागि ओली सरकारको समर्थन गरेको बताउँदै आफू सरकार ढाल्ने र बनाउने खेलमा रहेको नबुझ्न पनि आग्रह गरे । सरकार संकटमा परेको बेला सरकार परिवर्तन गरी बहुमतीय सरकार गठन गर्नुको कुनै औचित्य नभएको बताउँदै उनले त्यही कारण आफू प्रधानमन्त्री बन्न बाट पछि हटेको बताए
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला