स्पेनको राजधानी मड्रिडमा आयोजना हुन लागेको ‘आइफा अवार्ड’का लागि यतिबेला बलिउड स्टारहरु त्यहाँ पुगेका छन् । ४ दिनसम्म आयोजना हुने अवार्डमा बलिउडका चर्चित नामहरुको उपस्थिती छ । दर्शकले यसपटकको अवार्डमा सलमान खानदेखि दीपिका पादुकोणसम्मको प्रस्तुती देख्न पाउनेछन् ।
यो अवार्डमा प्रस्तुती दिने बलिउड कलाकारले राम्रै पारिश्रमिक पाएका हुन्छन् । तर, हलिउड यात्रा समेत तय गरिसकेका २ नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले ४ मिनेटका लागि एक करोड ३० लाख मागेका छन् ।
मीड डेमा छापिएको खबर अनुसार यी दुई नायिकाले एक मिनेटको ३३ लाख रुपैयाँ मागेका थिए । शोको आयोजकले अवार्डमा प्रस्तुतीका लागि केही कलाकारसँग कुरा गरेका थिए । उनीहरुले स्पेनका दर्शकमाँझ को लोकप्रिय छ भनेर रिसर्च पनि गरेका थिए ।
जसमा दीपिका र प्रियंकाको नाम अगाडि आएको थियो । यसैले पनि यी दुइलाई १ करोड ३० लाख दिन आयोजक तयार भएको हो । हलिउड चलचित्र खेलेपछि यी दुइको ब्रान्ड भ्यालू आकासिएको छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला