ताजा अपडेट:

हड्डी भाँचिएर प्लाष्टर गर्नुभएको छ ? ध्यान दिनुहोस्

प्लास्टर
हाम्रो शरीरको कुनै पनि हड्डी भाँचियो भने प्लास्टर बाँधेर उपचार गरीन्छ । प्लाष्टरले बाँध्नुको उद्धेश्य भाँचिएको हड्डी आफ्नो स्थानबाट यताउती नचलोस भन्ने नै हो । तर  भाँचिएको हड्डी एक आपसमा जोडियोस भन्ने होइन । भाँचिएको हड्डीलाई हल्लिन नदिई औषधी खाएर वा प्राकृतिक रुपमा आराम गरेर आफैं जोडिनको लागी प्लाष्टर एउटा सहयोगी उपचार पद्धति हो ।

प्लाष्टरले भाँचिएको हड्डीलाई स्थिर बनाई राख्छ । जसबाट हड्डी जोडिन ठूलो मद्दत पुग्छ । उपचारको क्रममा प्रयोग गर्ने प्लाष्टर बिभिन्न थरीका हुन्छन् । चिकित्सकको सल्लाह अनुसार प्लाष्टर लगााइन्छ । तर प्लाष्टर लगाउंदा बिशेष साबधानी अपनाइएन भने हड्डी जोडिन सक्दैन ।   कसरी साबधानी अपनाउने त ?

१. शरीरको कुनै पनि अंगमा प्लाष्टर बांधेको छ भने तकीयाको सहयोगले थोरै माथि उठाएर राख्नुपर्छ । यसो गर्नाले शरीरको रक्त संञ्चालन ठिक बन्छ, जसबाट हड्डी जोडीन सहयोग पुग्छ । डाक्टरसंग कति समय आराम लिनुपर्छ राम्रोसंग बुझ्नुपर्छ । ताकी तपाँईको भाँचिएको हड्डी हल्लिनबाट जोगीयोस् । 

२.हात खुट्टामा प्लाष्टर लगाइएको छ भने औंलाहरु चलाइरहनु पर्दछ अन्यथा सुन्निने डर हुन्छ । तर कति चलाउने डाक्टरसंग सल्लाह भने लिनुपर्दछ । 

३. प्लास्टर लगाएपछि भित्र चिलाउने गर्दछ तर कुनैपनि पेन्सिल वा अन्य बस्तुले कोट्याउने तथा चक्कुले आंफै काट्ने मूर्खता भने गर्नु हुंदैन । प्लाष्टरलाई पानिबाट टाढानै राख्नुपर्छ । यदि पानीले भिज्यो वा प्लाष्टर लगाएको ठांउ सुन्नियो र प्लाष्टर कसिलो हुंदै गयो भने तुरुन्त डाक्टरसंग परामर्श लिनुपर्दछ ।

 ४. डाक्टरको सल्लाह बिना प्लाष्टर आंफै काट्ने मूर्खता गर्नु हुंदैन । समय भन्दा अगाडीनै प्लाष्टर अांपैm खोलियो भने हड्डी बांङिगन सक्छ । प्लाष्टर निकालेको ५ महिनासम्म कुनै पनि मसाज भुलेर पनि गर्नुहुंदैन तर डाक्टरको सम्माह बमोजिम थेरापी भने गर्न सकिन्छ ।

 ५. साधारणतया प्लाष्टर तिन हप्ता देखि छ हप्तासम्म हड्डी भाँचिएको स्थानमा लगाइन्छ । मल्टिपल हड्डी भाँचिएको अवस्थामा वा धेरै ठाउंमा भाँचिएको अवस्थामा भने दुई महिना देखि तिन महिनासम्म प्लाष्टर लगाइन्छ ।  अन्त्यमा प्लाष्टर लगाउनपुने अवस्था आएमा डाक्टरसंग सम्पुर्ण जानकारी लिनुपर्दछ । 

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal