कोपा अमेरिकाको उपाधी चिलीले जितेको छ ।
आज बिहान अमेरिकाको मेटलाइफमा भएको उपाधी भिडन्तमा अर्जेन्टिनालाइ ट्राइब्रेकरमा पराजित गर्दै चिलीले दोस्रो पटक उपाधि घर भित्राएको हो ।
निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीका एक एक खेलाडी रातो कार्ड खाएर मैदान छाडेका थिए । अर्जेन्टिनामा रोजो र चिलीका रोजासलाई रेफि्रले रातोकार्ड देखाएका थिए ।
अतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला