ताजा अपडेट:

यो हो खरायोभन्दा पनि छिटो दौडिने कछुवा

खरायो र कछुवाको दौड सम्बन्धी बालकथामा कछुवाले खरायोलाई दौडमा जितेको कथा बाहेक दुनियामा दौडेर सायदै कहीँपनि कछुवाले खरायोलाई जित्न सक्ला । तर भारतमा एउटा यस्तो कछुवा छ जो खरायोभन्दा पनि छिटो दौडिन्छ ।
तर यो कछुवा छिटो दौडिनुमा एउटा खास कारण छ । वास्तवमा यो कछुवा एउटा दुर्घटनाका कारण यस्तो छिटो दौडिने भएको हो ।
चेन्नइको वंगालुर चिडियाखानामा रहेको उक्त दुइवषर्ीय कछुवामाथि केही दिनअघि एक अर्को ठूलो कछुवाले आक्रमण गरेको थियो । ठूलो कछुवाको आक्रमणमा परी उक्त कछुवा गम्भीर घाइते भयो र खुट्टामा गहिरो चोट लाग्यो ।
खुट्टामा लागेको उक्त गहिरो घाउका कारण अन्य भागमा संक्रमण हुने डरले चिडियाखानाका पशुचिकित्सकहरुले कछुवाको खुट्टाको शल्यक्रिया गरी खुट्टामा विशेष खालका पांग्रा राखिदिए । यसरी खुट्टामा पांग्रा हालिदिएपछि कछुवा मज्जाले दौडिन सक्ने भएको छ ।
कछुवालाई लगाइदिएका पांग्रा निकै हलुका छन् । एउटा पांग्रा कछुवाको बायाँ खुट्टामा राखिएको छ भने अर्को पांग्रा कछुवाको खपटोको पछाडि राखिएको छ ।
स्मरण रहोस् उक्त चिडियाखानामा गत मार्चमा एउटा घाइते चितुवाको पनि कस्मेटिक सर्जरी गरिएको थियो ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal