ताजा अपडेट:

शनिबार काठमाडौंमै रेस्लिङ हुने

हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले यही असार ४ गते मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ ।   नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफूल बजारभित्र रेस्लिङ हुन लागेको हो । 

  एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा रेस्लिङको राम्रो सम्भावना भए पनि खेलाडी उत्पादन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै यस खेलको विकासका लागि कार्यक्रम गर्न लागिएको जानकारी दिए ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा कालीमाटी तरकारी बजार युवा क्लबको सहयोगमा शनिबार साँझ ४ बजे हुने उक्त कार्यक्रममा नौ जना नेपाली खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् ।  

 एसोसिएसनका अध्यक्ष विसुराल अन्तर्राष्ट्रिय स्तरका रेस्लर हुन् । उनले २०६० सालदेखि स्वदेश तथा विदेशमा प्रशिक्षणसमेत दिँदै आएका छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal