एनएसजेएफ पल्सर स्पोट्स अवार्ड अन्तरगत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा नवयुग श्रेष्ठ र सन्दिप लामिछाने परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोट्स अवार्ड साउन ६ गते हुँदैछ । र, पिपुल च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक गरिएको हो । यसअघि यो अवार्डको नाम पपुलर अवार्ड थियो ।
पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलर नवयुग श्रेष्ठ, क्रिकेटर सन्दिप लामिछानेसँगै भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र भलिबलकी प्रतिभा माली परेका छन् ।
२०७२ सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ । एमएसएम भोटिङको आधारमा साउन ६ गते नै विजेता छनौट गरिनेछ ।
मनपर्ने खेलाडीलार्इ नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमकाे सिमबाट अाजदेखि अागामी साउन ५ गते राति १२ बजेसम्म भोट गर्न सकिने मञ्चले जानकारी दिएको छ ।
नेपालले बंगबन्धु र साग फुटबलमा स्वर्ण जित्दा नवयुग नेपाली टोलीका मुख्य स्ट्राइकर थिए । सन्दिप नेपालका युवा क्रिकेटर हुन् । यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा डेब्यू गरेका उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राम्रो प्रदर्शन गरे ।
मन पर्ने खेलाडीलाई ३३१३१ मा एसएमएस गरेर भोट दिन सकिनेछ । नवयुगलाई भोट दिन pulsar NY लेखेर ३३१३१ मा एसएमएस गर्नु पर्नेछ । सन्दिपलाई भोट दिन pulsar SL लेखेर ३३१३१ मा एसएमएस गर्नु पर्नेछ ।
तारादेवीलाई भोट दिन pulsar TP, नवितालाई भोट दिन pulsar NS र प्रतिभालाई भोट दिन pulsar PM लेखेर ३३१३१ एसएमएस गर्नु पर्नेछ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला