ताजा अपडेट:

सुल्तानको रोयल्टी माग्दै सलमानबिरुद्व उजुरी

 
सलमान खान अभिनित सुल्तान सिनेमा हलमा रिलिज भईरहँदा नयाँ विवाद सुरु भएको छ । साबिर बाबाको नामवाट परिचित साबिर अन्सारीले मुजफ्फुर सीजेएम कोर्टमा सलमानले धोका दिएको भन्दै उजुरी हालेका छन् ।
सलमान खान, अनुष्का शर्मा, निर्देशक अली अब्बास र निर्माता यशराज फिल्मसलाई विपक्षि बनाइको छ ।
उजुरीकर्ताले फिल्मको कथा मुजफ्फुको इस्लामपुरमा बस्ने साबिर बाबाको जीबनवाट पे्ररित भएको दाबी गरेका छन् ।
साबिर बाबाका अनुसार सलमानले रोयल्टी वापत २० करोड दिने आस्वासन दिएका थिए तर, अहिले रोयल्टीको विषयमा सलमान मौन छन् ।
फिल्म हेरेपछि हुबहु आफ्नो जीबनीसंग मिलेको उनले दाबी गरेका छन् । सुलतानको कारण सलमान विवादमा आएको यो दोस्रो पटक हो । यस अघि एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा बलात्कृत महिलाको जस्तै पिडा भोगेको भनेपछि उनी विवादमा आएका थिए ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal