ताजा अपडेट:

आन्तरिक हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)


नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।
सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३८५रुपैयाँ घटाइएको छ ।यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटमा ३७५ रुपैयाँ घटाइएको छ ।
निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ । ‘निगमले हवाइ इन्धन घटाएपछि हामीले पनि यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेका हौं’ सिमि्रक एयरलाइन्सका बजार व्यवस्थापक अनलाइनखबरसँग भने ।
यसअघि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।
नयाँ भाडा दरको सूची हेर्नुहोस्
देखिसम्मघटेको शुल्क (रु.)नयाँ भाडा (रु.)
काठमाडौंपोखरा१६५४२३०
काठमाडौंभैरहवा२०५५३००
काठमाडौंबिराटनगर२३५६०५५
काठमाडौंभरतपुर१३५३०९०
काठमाडौंभद्रपुर२७५७३८५
काठमाडौंधनगढी३८५१०६०५
काठमाडौंनेपालगञ्ज२९५७९५५
काठमाडौंजनकपुर१५०३५९५
काठमाडौंमाउन्टेन फ्लाइट३७५९०१०
काठमाडौंतुम्लिङटर२०५४९८५
काठमाडौंसिमरा११५२६५०

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal