घोडाको टाउकोमा ३५ किलो कोकिन ? सुन्दैमा अनौठो लाग्छ र पत्यारै नलाग्न सक्छ । तर न्युजिल्याण्डमा हालै घोडाको टाउकोबाट यति ठूलो परिमाणमा लागु औषध बरामद भएको हो ।
न्युजिल्याण्ड पुलिका अनुसार देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा कोकिन बरामद गरिएको छ । उक्त कोकिन घोडाको अनुहारजस्तै एउटा मूर्तिभित्र लुकाइएको अवस्थामा फेला परेको थियो ।
बरामद गरिएको कोकिनको मूल्य एक करोड डलरजति रहेको बताइएको छ । उक्त घोडाको मूर्ति गत मे मा मेक्सिकोबाट न्युजिल्यण्डको अकल्याण्डमा ल्याइएको हो । जसभि ३५ किलो कोकिन लुकाइएको रहेछ ।
घोडाको टाउकोभित्र कोकिन लुकाएर ल्याउने काममा संलगन रहेको आरोपमा पुलिसले मेक्सिकोका २ जनतथा अमेरिकाका एक जना नागरिकलाई पक्रेको छ ।
न्युजिल्याण्ड हेराल्डको एक रिपोर्ट अनुसार घोडाको टाउकोवाला मूर्तिको वजन ३ सय ६५ किलो थियो र ३ फिट अग्लो थियो ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला