ताजा अपडेट:

न्यूयोर्कका नगर प्रमुखद्वारा नेपाल प्रर्दशनी मेलालाई शुभकामना

न्युर्योकमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि न्यूयोर्कका नगर प्रमुखले शुभकामना व्यक्त गर्दै सफलताको लागि कामना गरेका छन् ।
नगर प्रमुख मेयर बिल डे ब्लासियोले ब्यापार मेलाको सफलताले दुबै देशको आर्थिक बिकासमा सहयोग पुग्ने बताएका छन्  । उक्त छापा बिज्ञप्तिमा नेपालका सामानहरुको प्रर्दशनीमा आयोजक तथा सह्भागी हुन् आउने सबैलाई स्वागत गर्न पाउदा हर्ष लागेको उल्लेख गरेका छन्  ।
संस्कृतीको बिकास गराउन मेला लाभदायी होस् भन्ने अग्रिम शुभकामना दिदै मेला सफल बनाई दुइ देशबिचको सम्बन्ध मजबुद बनाइ दिन नेपाली तथा अमेरीकी नागरीकलाई आग्रह समेत नगर प्रमुखले गरेका छन्  ।
नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले पछिल्लो जानकारी दिदै अहिले सम्म करिब ३ सय भन्दा ज्यादा उधोग तथा ब्यबसायीले दर्ता गरि सकेको बताएका छन् ।
उक्त मेलमा ३७२ वटा प्रदर्शनी कक्षको चाजो मिलाईएको छ भने अब केवल २३ वटा मात्र प्रदर्शन कक्ष बाकि रहेको रेग्मीले बताए ।
:)
:(
=(
^_^
:D
=D
|o|
@@,
;)
:-bd
:-d
:p

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal