गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड एन को खास नाम सार्वजनिक गरेको छ । नयाँ एन्ड्रोइडको नाम एन्ड्रोइड नोगट हुनेछ । नयाँ एन्ड्रोइड एन मा विभिन्न खाले फिचर्सहरु राखिएका छन् जो प्रयोगकर्ताले मन पार्ने विश्वास गुगलको रहेको छ ।
एन्ड्रोइड एन का सबैभन्दा विशेष फिचरमा स्पिट स्क्रनन हो । यो फिचर सामसुंगका उच्च मूल्यका स्मार्टफोन तथा ट्याबलेटमा पहिलेदेखि नै रहँदै आएको छ । अब भने यो एन्ड्रोइडमा उपलब्ध हुनेछ । यो सँगै अब स्मार्टफोन स्क्रिनमा एकैपटक दुइवटा एप खोल्न सकिन्छ । जुन विन्डोज १० डिभाइसमा जस्तै हो ।
गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नाम मिठाइको नामबाट राख्ने गरेको छ । कपकेक, डुनट, इक्लेयर, फोरोयो, जिन्जरबर्ड, हनीकम्ब, आइसक्रिम स्यान्डविच, जेलीबीन, ललिपप, मार्समेलो पछि गुगलले एन्ड्रोइड नोगट ल्याएको हो ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला