ताजा अपडेट:

बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन

पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन भएको छ । बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गरेका भट्टराईको गएराति हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
अघिल्लो दिनसम्म लेखनकार्यमै पत्रकार पण्डित सक्रिय थिए ।  २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा जन्मिएका पण्डित हालभने बुटवल १४ तामनगरमा आफ्नै निबासमा बस्दै आएका थिए । उनका दुई छोरा र दुई छोरी र श्रीमती छन् ।
पण्डित भट्टराईले बुटवलमा दैनिक लुम्बिनी , जनसंघर्षमा सम्पादक ,नया सत्ता र सैनामैना दैनिकको प्रधान सम्पादक भई काम गर्नुभएको थियो । पछिल्लो समय बुटवल टुडेमा पण्डित जी नामक व्यङग्य स्तम्भ लेख्थे ।
उनले गीत, कबिता, कथा, नाटक, नाच, गान, स्वास्थ्य, उपन्यास, काब्य, ब्यंग्य तथा सामयिक सन्दर्भमा लेखनमा कलम चलाउने गरेका थिए ।
बुद्ध दर्शनमा बिशेष रुची राख्ने बाबुरामले करबि १ दर्जन पुस्तक प्रकाशन गरिसकेका छन् जसमा अनुदित संग्रह बढी छन् । पत्रकार भट्टराईको निधनले सञ्चारक्षेत्र शोकमा डुबेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्बद्ध संघसंस्थाले उनको निधनप्रती दुःख व्यक्त गरेको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal