ताजा अपडेट:

जबर्जस्ती करणीबाट १३ वर्षमै आमा बनिन् एक बालिका


काठमाडौंमा बस्दै आएकी जुन (परिवर्तित नाम) १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए ।
१० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटनाभो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्‍यो ।
कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं जिल्ला अदालतबाट एक महिनाको बच्चा च्यापेर मलीन अनुहारमा बााहिर निस्कँदै थिइन् । 
भारत घर भएका लड्डु भन्ने इनोसकुमार दासले एकान्तको मौका छोपेर काठमाडौंमा उनलाई पटक पटक बलात्कारको सिकार बनाए । दासको धम्कीका कारण घटनाबारे मौन बस्दाबस्दै उनको गर्भमा बच्चा हुर्किएको २२ साता बितिसकेको थियो।
छोरीको अस्वाभाविक बानीबेहोरा र निराशापन अनुभव भएपछि बल्ल बाबुआमाले घटनाबारे जानकारी पाए । त्यसपछि न्याय माग् उनीहरु प्रहरीमा पुगे । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी अभियोगमा दासविरुद्ध मुद्दा दायर भयो । उनलाई १५ वर्षको कैद सजाय सुनाइएको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal