राष्ट्रपति चुनावको अभियान सुरु गर्दादेखि आज जितका साथ अमेरिकी इतिहासमा नयाँ अध्यय गर्दासम्म डोनाल्ड ट्रम्पले हरेक पटक आशा र सम्भावनालाई गलत सावित गरेका छन् ।
धेरै कम मानिसहरु मात्र मान्थे कि उनी यो दौड (चुनावी)मा सामेल हुन पाउने छन्, उनले पाए । कमै मानिसलाई लागेको थियो कि उनी प्राइमरीमा विजयी हुन्छन्, भए उनले जिते ।
कमै मानिसलाई लाग्यो कि उनी रिपब्लिकन पार्टीको नोमोनिसनसम्म पुग्न सक्छन्, उनी पुगे । र कमै मानिसले विश्वास गरेका थिए कि उनले अन्तिम प्रतिस्पर्धा जिन्छन् तर, ट्रम्प विजयी भए र विश्व आश्चर्यमा परेको छ ।
ट्रम्पको जितलाई लिएर अहिले अमेरिकी इतिहासको सबैभन्दा ठूलो उथलपुथलका रुपमा हेरिएको छ । उनले यो कसरी सम्भव बनाए ? यस्तो छ पाँच कारणः
स्वेत क्रान्ति
ओहायो, फ्लोरिडा र नर्थ क्यारोलिना, एकपछि अर्को सबै महत्वपूर्णर् राज्य ट्रम्पको पोल्टामा गयो । यही कारण हिलारी क्लिन्टनकोे हारलाई कसैले रोक्न सकेन ।
डेमोक्रेट्सहरु मिडवेष्टमा बलियो भएको अपेक्षा राख्थे । नराखुन् पनि किन ? यो त्यही राज्यहरु हुन्, जसले दशकौंदेखि उनीहरुलाई नै भोट दिएको छ । र, समर्थन पाएको थियो कामकाजी गोरा मानिसहरुबाट । तर, यो पटक उनीहरुले पार्टी छाडेका छन् ।
ग्रामिण मतदाताले ठूलो संख्यामा भोट दिए, किनकी उनीहरुलाई लाग्न लोगेको थियो कि अमेरिकी प्रशासन त्यो समूहलाई नजरअन्दाज गर्दैछ ।
हिलारी क्लिन्टनले भलैं क्यालिफोर्निया, न्यूयोर्क र युटामा राम्रो प्रदर्शनको बलमा पपुलर भोट जित्न सफल भइन् तर, ट्रम्पले त्यहाँ जित हात पारे, जहाँ सबैभन्दा बढी आवश्यक थियो ।
बुलेटप्रूफ डोनाल्ड
ट्रम्पले ‘वार भेट्रान’ जोन क्याकेनको अपमान गरे । फोक्स न्यूज र उसको प्रिजेन्टर मेगिन केलीसँग लडे । महिलाबारे विवादित टिप्पणी गरेकोमा जब बवाल मच्चियो, उनले अधुरो माफी मागे ।
प्रेसिडेन्शियल डिबेटमा गडबडी गरे । तर, केही फरक परेन । उनीमाथि लगातार आक्रमण हुँदै गयो र उनी मजबूत बन्दै गए ।
शायद विवाद यति चाँडै बाहिर आयो कि एउटा पनि असर परेन । उनी यति बलिया सावित भए कि हरेक स्क्यान्डलले घाटा हुनुको साटो उल्टो उनीलाई नाफा हुन थाल्यो । यसका पछाडि कारण जे सुकै होस्, उनी बुलेटप्रूफ झै देखिए ।
फरक बाटो
उनी डेमोक्रेटिकविरुद्ध लडे । आफ्नै पार्टीभित्रको शक्तिसँग पनि भिडे । र, सबैलाई हराएर पनि देखाए ।
मार्को रुबियो, टेड क्रुज, क्रिस क्रिस्टी र बेन कार्सनले उनीको अगाडि घुँडा टेके । बार्नी स्याडर्स र टेड क्रुज पनि पछि हटे । कुनै पनि नाम जति शक्तिशाली होस् वा हसरदार । तर, सबैलाई ट्रम्पले पछि पारे ।
ट्रम्पलाई उनीहरु मध्ये कसैको मदत आवश्यक परेन । शायद उनी यसकारण जिते कि उनी यीनै ठूलाहरुविरुद्ध उभिए । उनी राजनीतिको परम्परागत भन्दा फरक बाटोबाट आएका थिए । तर, आफ्नो फर्मुलाले सबैलाई हराउन सफल भएका छन् ।
कोमीको लफडा
एफबीआईका निर्देशक जेम्स कोमीको नाम पनि यो चुनावका क्रममा पटक-पटक सुन्नमा आयो । हिलारी क्लिन्टनको निजी इमेल सर्वर प्रयोगसम्वन्धी मामिलामा फेरि जाँच गर्ने बयानले शायद ठूलै फरक पार्यो ।
यो पटक अमेरिकामा पनि मत सर्वेक्षण निकै गलत सावित भयो । यद्यपि अभियानको अन्तिम दिन दिन भने अवस्था यस्तो आयो सर्वेक्षणले पनि ट्रम्पको जितको संकेत गरेको थियो ।
क्लिन्टनको निजी इमेल सर्वर प्रयोगको मामिलामा फेरि जाँच गर्ने कोमीको बयानपछि तस्वीर त्यति प्रष्ट थिएन । यो सत्य हो कि मत सर्वेक्षणमा प्रतिस्पर्धा कडा हुँदै गएको थियो ।
तर, ट्रम्पको आशाको सबैभन्दा ठूलो छलाङ कोमीको पहिलो र दोस्रो चिठी जारी हुनेको बीचमा आयो । यस्तो लाग्छ कि यो अवधिमा नै ट्रम्पले आफ्नो आधार बलियो बनाए । र, यदि हिलरीले सरकारी मेलका लागि सरकारी सर्वर प्रयोग गरेको भए त कोमीको पत्रको कुनै असर नै देखिने नै थिएन । यो जिम्मा हिलारीकै थियो ।
विशेष शैली
ट्रम्पले अहिलेसम्मको सबैभन्दा अनौठो र अलग रुपमा अभियान चलाए । उनी पूर्ण रुपमा अलग थिए । तर, सफल भए ।
ट्रम्पले अहिलेसम्मको नयाँ राजनीतिक अभियान चलाए, जुन जानकारहरुको राय भन्दा सफल सावित पनि भएको छ । उनले सर्वेक्षणभन्दा राम्रो राणनीति अपनाए । घरघर जानुको साटो विशाल र्यालीहरुमा दाउ लगाए र, हिलरीको तुलनामा खर्च पनि कम गरे ।
ट्रम्प र उनको निकटवर्तीहरुको रणनीति सफल भयो र यो जितको पुरस्कार स्वरुप उनले हृवाइट हाउस पाए ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला