ताजा अपडेट:

मोरङमा महानगरसहित १७ स्थानीय तह सिफारिस

 मोरङमा एक महानगरपालिकासहित १७ वटा स्थानीय तह वनाउन सिफारिस गरेको छ ।
प्राविधिक समितिले जिल्लाका राजनीतिक दलको सहमतिमा एक महानगर, एक उपमहानगर, १० नगरपालिका र गाउँपालिका वनाउन पुनर्संरचना आयोगमा सिफारिस गरेको हो । मोरङ स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका संयोजक शोभाकर रेग्मीले सहमतिमै स्थानीय तहको पुनर्संरचना गरिएको बताए ।
०६८ सालको जनजणना अनुसार ९ लाख ६० हजार जनसंख्या रहेको मोरङ जिल्लामा हाल एक उपमहमानगरपालिका सहित सात नगरपालिका र ५० गाविस छ ।
विराटनगरमा मात्र २ लाख १ हजार जनसंख्या रहेको छ । विराटनगरलाई महानगरपालिका वनाउन आवश्यक संख्या पुर्‍याउन वैजनाथपुर र बुधनगर गाविसलाई जोडिएको छ ।
महानगरपालिका वनाउन ३ लाख १५ हजार जनसंखाय आवश्यक पर्ने भएपछि अन्य छिमेकी गाविसलाई समावेश गरिएको हो । दुई गाविस जोड्दा पनि विराटनगरको कुल जनसंख्या २ लाख ८१ हजारमा हुन्छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal