ताजा अपडेट:

भरतपुर अस्पतालमा अत्याधुनिक सिटीस्क्यान मेसिन आउने


भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान मेशिन आउने भएको छ । क्रोनरी एनजिओग्राफी गर्न मिल्ने अत्याधुनिक सिटीक्यान मेशिन मेशिन ल्याउनका लागि अस्पतालले ग्वोवल टेण्डर आब्हान गरेको छ ।
यस्तो मेशिन राजधानी बाहिरका सरकारी अस्पतालमा अन्यत्र कहि पनि उपलब्ध नभएको अस्पतालले दावी गरेको छ । अस्पतालले सिटिस्क्यान खरिदका लागि जेष्ठ १० गते ४५ दिने अवधि तोकि ग्वोवल सूचना जारी गरि गरेको स्टोर शाखा प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
सिटी स्क्यान मेशिन खरिदका लागि नेपाल सरकारले ८० प्रतिशत रकम खर्च व्यहोर्ने छ भने, भरतपुर अस्पताल विकास समितीले २० प्रतिशत खर्च व्यहोर्ने छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई सिटीस्क्यान मेसिन खरिदका लागि बजेटको सूनिश्चितता गरेको पत्र प्रदान गरेको अस्पताल विकास समितीका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।
मेसिन उपलब्ध गराउने कम्पनी वा संस्थाले अस्पतालले दिएको स्थानमा आवश्यक सवै भौतिक पूर्वाधार तयार गरि उपकरण जडान गरि कोठाको चावी उपलब्ध गराउने गरि बोलपत्र आव्हान गरिएको लेखा अधिृकत सूर्यमणि कँडेलले जानकारी दिए ।
भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर समेत सुरु भइसकेको अवस्थामा सिटीस्क्यान मेशिन अत्यावश्यक भएको अस्पताल बिकास समितिका अध्यक्ष विजय सुवेदीले बताए ।
‘भरतपुर अस्पताल र यस अस्पतालबाट सेवा लिने सवै जनताका लागी उपकरणका हिसावले यो एउटा माइलस्टोन हो,’ अध्यक्ष सुवेदीले भने “अब गरिव जनताले सस्तो र सुलभ मुल्यमा गुणस्तरीय सेवा लिने छन्, वाहिरका अस्पताल वा सेन्टरहरुमा महंगो मूल्य तिर्नुपर्ने छैन ।”
एनजिओग्राफी सहितको सिटीस्क्यान मेशिन उपलब्ध भएपछि अस्पतालले कार्डियोलोजी सेवा पनि विस्तार गर्ने तयारी थालेको छ ।
अस्पतालका मेसु डा. रुद्रप्रसाद मरासिनीले १२८-स्लाइसको सिटीक्यान मेशिन अहिलेसम्मकै पछिल्लो भर्सन भएकोले चितवनका अन्य अस्पतालका बिरामीहरुले पनि सुपथ मुल्यमा भरतपुर अस्पतालबाट सेवा लिन सक्ने बताए ।
डा. मरासिनीले भने , “गरिव जनता, भरतपुर अस्पतालका लागि यो निकै खुसीको बिषय हो, इतिहासमा एक फड्को पनि ।”

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal