ताजा अपडेट:

मालामाल बन्दै माननीयहरु


संसद सचिवालयले सांसदहरुको सेवा सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ ।

सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक स्वतः सांसदहरुको समेत बढ्नेछ। 

त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको हो। बैठक भत्ता र यातायात खर्च भने झन् भारी मात्रामा बढाइँदैछ।


मासिक पारिश्रमिक र सुविधा गरी ५६ हजार २ सय २८ पाउँदै आएका सांसदहरुले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउने छन्।

त्यसका अतिरित्त वैठक बसेको दिन यातायात खर्च १ हजार र वैठक भत्ता १ हजार ५ सय रुपैयाँ थप दिइनेछ।

यतिन्जेल १ सय ५० रुपैयाँ यातायात खर्च र २ सयय रुपैयाँ बैठक भत्ता थियो।
समितिको सिफारिस जस्ताको तस्तै कार्यान्वयन भएमा सांसदहरुले मासिक ५५ हजार रुपैयाँ पारिश्रमिक २३ हजार ७ सय रुपैयाँ घरमभाडा, धारा– बिजुलीबापत २ हजार, सञ्चार (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) का लागि ५ हजार, मसलन्द २ हजार र विशेषभत्ता १ हजार गरी मासिक ८८ हजार ९ सय २५ रुपैयाँ (कर कट्टा नगर्दा) एकमुष्ट पाउनेछन् ।

यसका अतिरिक्त दैनिक बैठक भत्ता १ हजार ५ सय र यातायत खर्च १ हजार रुपैयाँको हाराहारी पुग्नेछ

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal