असार १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लुकामारी’को ट्रेलर र गीत रिलिज भएपछि यसको चर्चा अहिले उचाइमा छ । विशेषगरि, चलचित्रक मुख्य २ कलाकार सौगात मल्ल र कर्माको गेटअप, संवाद शैलीले चलचित्रलाई दर्शकको नजरमा पारेको हो ।
चलचित्र ‘लुट’बाट दर्शकको मन जितेका यी २ कलाकारले यसपछि आशातित चर्चा पाएका छैनन् । सौगातको त चलचित्रको संख्या धेरै भएपनि सफल कमै मात्र भएको छ । ‘कर्मा’ भने सफल चलचित्रको अपेक्षामा छन् । हुनत, चलचित्र अफर नै नआएर काम नगरेको बताउँछन् यी नायक ।
चलचित्र भित्र कर्माको फरक-फरक गेटअप देख्न सकिन्छ ।
जसकाकारण पनि यसपटक उनले ‘लुकामारी’मा गजबको अभिनय गरेका छन् भन्ने अनुमान लगाउन सकिन्छ । कर्मा यो चलचित्रबाट आफू आशावादी रहेको बताउँछन् । कथावस्तु, प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिने उनी बताउँछन् । श्रीराम दाहालले निर्देशन गरेको चलचित्रलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला