हास्यकलाकार निर्मल शर्मा अचेल यो परिचयले कमै चिनिन्छन् । अहिले उनको परिचय फेरिएको छ । अहिले उनलाई चलचित्र निर्देशक निर्मल शर्माका रूपमा चिन्न थालिएको छ ।
चलचित्र ‘चकलेट’ मार्फत निर्देशन विधामा सक्रिय कलाकार शर्माको निर्देशनको दोस्रो चलचित्र ‘ब्रासलेट’ पनि प्रदर्शनका लागि तयार छ । भदौ १७ गतेदेखि प्रदर्शन हुने यो चलचित्रलाई उत्कृष्ट बनाउन निर्माता केशव भट्टराईले निर्देशक शर्माप्रति शतप्रतिशत विश्वास गरेका छन् । लामो समयपछि अभिनेता रमेश उप्रेतीले अभिनयमा पुनरागमन गर्न लागेको यो चलचित्रमा नायिका रजनी केसी पनि महत्वपूर्ण भूमिकामा छिन् ।
‘चकलेट’ ले शर्मालाई व्यवसायिक रूपमा सफल भएको चलचित्रका निर्देशक नबनाए पनि ‘ब्रासटेल’ ले भने आफू हरेक तरिकाले सफल बनाउने कुरामा उनी ढुक्क छन् । शर्मा भन्छन्— ‘चलचित्रलाई आकर्षक बनाउन यति मेहनत गरिएको छ कि त्यो कुरा चलचित्र हेरेपछि मात्र बुझिनेछ ।’
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला