नुहाएपछि वा धेरै समयसम्म पानी चलाएसँगै हाम्रो जिउको केही भागको छाला चाउरिन्छ । पानीमा भिजेपछि हत्केला, औँला, खुट्टा लगायतका भागको छाला चाउरिएको त अनुभव गर्नुभएकै होला । आखिर किन हुन्छ यस्तो ?
कतिपयको दाबी के छ भने जैविक रासायिनक प्रतिक्रियाका कारण यस्तो भएको हो । पानीमा भिजेसँगै छालाबाट केही कणहरु बाहिर निस्किन्छन् र सोही कारण छाला खुम्चिन्छ भन्ने जिकिर गर्नेहरु पनि छन् ।
तर वैज्ञानिकहरुका अनुसार यसरी छाला खुम्चिनु भनेको केवल अस्मोसिस अर्थात् छालाभित्रका कणहरु बाहिर आउनुका कारणले मात्र होइन । किनकी यदि पानीमा भिजेको बेला खुम्चिने सरीरका त्यस्ता भागमा स्नायुहरु काटिदिने हो भने त्यस्तो चाउरीपन नै देखापर्दैन ।
यसको अर्थ, पानीमा डुबाउँदा चाउरीएको छालाले यो देखाउँछकी हाम्रो स्नायु प्रणालीले ठिकसँग काम गरिरहेको छ भन्ने देखाउँछ ।
चर्चित अमेरिकी वैज्ञानिक मार्क चांगिजी भन्छन्, हाम्रो सरीरले बदलिँदो बाह्य वातावरणमा अनुकुलित हुनका लागि आफुलाई वातावरण अनुरुप ढाल्दछ । पानीमा छाला चाउरिनु पनि त्यहीँ हो । ता की यसरी चाउरिँदा कुनै चिजलाई सही ढंगले समात्न सकियोस् ।
मार्कका अनुसार मानिसमा मात्र होइन, यसरी पानीमा छाला चाउरिने क्रिया बाँदर तथा यहीँ प्रजातिका अन्य जिवमा पनि पाइन्छ । त्यसैले पानीमा भिजेको बेला हत्केला तथा औँलाहरुको छाला चाउरिनुको कारण मानिस तथा बाँदरले राम्रोसँग पक्रिन सकोस् भन्ने रहेको दाबी जिववैज्ञानिकको छ । वास्तवमा यो मानिसमा क्रमविकाशसँगै विकास भएको क्षमता हो ।
शोधकर्ताहरुका अनुसार भिजेको हातले हामीले पानीभित्र डुबेका चिजहरुलाई सुख्खा हातले भन्दा छिटोछिटो उठाउन सक्छौँ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला