ताजा अपडेट:

झरनाको ‘ए मेरो हजुर २’मा साम्राज्ञी फाइनल

अन्ततः नायिका झरना थापाले निर्देशन गर्न लागेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’का लागि साम्राज्ञीराज्य लक्ष्मी शाह पक्का भएकी छिन् । लामो समयदेखि नायिकाको खोजीमा रहेकी झरनाले ‘ड्रिम्स’बाट चर्चा पाएकी साम्राज्ञीलाई नायिका बनाउने भएकी हुन् ।
आज उनीसँग संझौता गरिएको चलचित्रका निर्माता सुनिल कुमार थापाले जानकारी दिएका छन् । उनले भने-‘चलचित्रका लागि साम्राज्ञीसँग संझौता भएको छ । साउन २० गतेबाट छायांकन सुरु गर्नेछौ ।’ चलचित्रमा नाजिर हुसेन र वुद्धी तामाङ फाइनल भैसकेका छन् ।
नायिका शाहले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको चर्चा बजारमा चलेको थियो । तर, निर्माता थापाले भने-‘पैसा ठूलो कुरा होइन । चलचित्रको कथा अनुसार साम्राज्ञी नै फिट छिन् । यसैले हामीले उनलाई लिएका हौ ।’
झरनाले आफ्नो निर्देशनमा बन्ने डेब्यू चलचित्रका लागि साम्राज्ञीलाई के ‘ह्यान्डसम मनी’ दिइन् होला त ? साम्राज्ञीले यो चलचित्र रिलिज नभएसम्म अर्को चलचित्र नगर्ने समेत बताएकी छिन् ।
शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर’ सुपरहिट भएकाले पनि झरनालाई यूवापुस्ताको कथामा बन्ने यो चलचित्रमा चुनौती छ । चलचित्रमा बसन्त सापकोटाले संगीत दिएका छन् । चलचित्रको छायांकन अगावै यसको सांगीतिक पक्षको चर्चा  सिने बजारमा सुरु भैसकेको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal