नायक सलमान खान यतिबेला चलचित्र ‘सुल्तान’को प्रमोशनमा व्यस्त छन् । हालै मात्र एक टीभी शोमा देखिएका सलमानले टाउकोमा टोपी लगाएर पुगेका थिए । मुम्बइको मौसम अनुसार सलमानको टोपी त्यति पाच्य थिएन । किनकी, मुम्बइमा अहिले गर्मी छ ।
सलमानले टोपी लगाउनुको कारण हो, इन्फेक्सन । उनको टाउकोमा इन्फेक्सन भएको छ । जसलाई छोप्न सलमानले टोपी लगाइरहेका छन् । कांग्रेस नेता बाबा सिद्दिकीको पार्टीमा पुगेका सलमानको कान नजिकै रगत देखिएको थियो ।
उनले कपाल पनि काटेका थिए । सलमानले महिना दिन अगाडि दुबई पुगेर हेयर ट्रान्सप्लान्ट गरेका थिए । अहिले यसको इन्फेक्सन देखिएको हो । जसलाई छोप्न उनले टोपी लगाएका हुन् ।
आइफा अवार्डका लागि विदेश जाने क्रममा मुम्बई एयरपोर्टमा पनि सलमानले टोपी लगाएका थिए । उनी आफ्नो इन्फेक्सन छोप्नका लागि यसो गरिरहेका छन् ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला