कतिपय मानिसमा विलक्षण प्रतिभा नै हुन्छ । भारतको एक किशोर आदित्य कुमार जंगम आफ्नो यहीँ क्षमताका कारण सानै उमेरमा चर्चित बनेका छन् ।
भारतको महाराष्ट्रस्थित रत्नागिरी गाउँमा बस्ने जंगमले आफ्नो शरीर रबरझैँ गरी जुनसुकै आकारमा मोड्न सक्दछन् । यतिसम्म की उनले आफ्नो जिउ मोडेर खुट्टाले मुखमा ब्रस गर्न पनि सक्दछन् ।
जंगमको यस्तो अवस्थालाई चिकित्सा भाषामा हाइपरमोबिलिटी भनिन्छ । वैदिक कालमा ऋषिमुनीहरुले निरन्तर योगा तथा साधनबाट यस्तो क्षमता प्राप्त गर्दथे ।
आदित्य आफ्नो टाउकोलाई १६० डिग्रीमा घुमाउन सक्दछन् । आफ्नो यो क्षमताको श्रेय उनी आफ्ना गुरु मंगेश कोपकरलाई दिन्छन् । कोपकरले आदित्यजस्तै २०।३० जना बच्चालाई तालिम दिन्छन् । तर आदित्यको जस्तो जिउ मोड्न कसैले सक्दैन ।
यस्तो क्षमताका कारण उनी आफ्ना साथीभाइ माझ सर्पमान्छेको नामले परिचित छन् ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला