ताजा अपडेट:

अनौठो चिडियाखाना जहाँ हात्ती होइन सिंह सफारी गर्न पाइन्छ

चिडियाखाना भन्ने बित्तिकै वन्यजन्तुहरुलाई कृत्रिम बासस्थानमा बन्द गरिएको हुन्छ । कतिपय आक्रामक तथा सिकारी वन्यजन्तुहरुले चिडियाखाना पुग्ने मानिसहरुलाई आक्रमण नगरुन् भन्नका लागि बलियो पिँजडा वा पर्खालभित्र कैद गरिएको हुन्छ उनीहरुलाई ।
तर अर्जेन्टिनाको ब्युनर्स आयर्समा एउटा यस्तो चिडियाखाना छ जहाँ सिंह जस्ता खतरनाक जनावरलाई पनि खुल्ला छाडिन्छ, खोरमा थुनिँदैन । यति मात्र होइन उक्त चिडियाखानामा सिंहमा चढेर सिंह सफारी गर्न सकिन्छ ।
ब्युनर्सआयर्सको लुजान चिडियाखानालाई विश्वको सबैभन्दा खतरनाक चिडियाखाना पनि भनिन्छ । यस अर्थमा खतरनाक की त्यहाँ सिंहसँग खेल्ने, सुत्ने तथा सिंहमा चढेर सफारी गर्ने मौका प्राप्त गर्न सकिन्छ ।
चिडियाखानामा रहेका बाघ लगायतका डरलाग्दा वन्यजन्तुलाई पनि छुन र मुसार्न पाइन्छ । फोटोसेसन गर्न पाइन्छ ।
उक्त चिडियाखानाका सिंह तथा बाघहरु किन मानिसहरुसँग यतिधेरै नजिक छन् र आक्रमणमा उत्रिँदैनन् त ? समाचार अनुसार चिडियाखानाका सिंह तथा बाघहरुलाई तालीम दिइएको छ । उनीहरुलाई मानिससँग कस्तो व्यवहार गर्ने, कसरी शान्त रहने भन्ने विशेष तालिम दिइएको हुन्छ ।
सन् १९९४ मा यो चिडियाखाना खुलेको हो । आगन्तुकहरुलाई सिंह तथा बाघहरुसँगै गएर खेल्ने र बस्ने तथा चढ्ने समेत मौका दिन थालिएको लामो समय भैसकेको छ । चिडियाखानामा अहिलेसम्म यी वन्यजन्तुले मानिसमाथि आक्रमण गरेको घटना छैन ।
वन्यजन्तु अधिकारकर्मीहरुले भने चिडियाखानामा सिंहहरुलाई तालिम दिनका लागि निकै क्रुर तरिका अपनाउने गरिएको र सिंहलाई घातक औषधि दिएर लठ्याइएको दाबी गरेका छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal