ताजा अपडेट:

सलमानलाई चुनौती दिने आमिरको ‘दंगाल’ रुप


चलचित्रको बिषयवस्तु एउटै भएकाले पनि यतिबेला बलिउड नायक सलमान खान र आमिर खानको सम्बन्ध चिसिएको चर्चा मिडियामा छ । सलमानले अभिनय गरेको चलचित्र ‘सुल्तान’ र आमिर खानले अभिनय गरेको चलचित्र ‘दंगाल’ रेसलरको कथामा निर्माण भएका हुन् । सलमानले ‘सुल्तान’को रिलिज यहि इदमा गर्दैछन् भने आमिरलाई हेर्न क्रिसमससम्म कुर्नुपर्ने हुन्छ ।
रेसलरको भूमिकामा बलिउडका दुई चर्चित नायकमध्ये कसले बाजी मार्ने भन्ने चर्चा पनि छ । यहि बिचमा नायक आमिर खानले आफ्नो ‘दंगाल’ रुप सार्वजनिक गरेका छन् । जसमा उनी यूवा महाविरको रुपमा देखिएका छन् ।
यो चलचित्रको छायांकन अब १० प्रतिशत मात्र बाँकी छ । आमिरले वृद्ध महावीरको भूमिकाका लागि आफ्नो तौल ९० केजीसम्म पुर्‍याएका थिए । उनको यूवा अवस्थाको महावीरको गेटअप धेरैको ध्यान तान्ने शैलीको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal