जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा पाँचथरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ३ जैसीडाँडा बस्ने १४ वर्षीय निसेस राई छन् ।
उनले गत जेठ १८ गते बेलुका जंगली च्याउ खाएका थिए । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
योसहित मृत्यु हुनेके संख्या ८ पुगेको छ । गत जेठ १० गतेदेखि हाल सम्ममा ८ जनाको मृत्यु भइसकेको छ भने ९ जना विरामी भएका छन् ।
विरामी केहीको अवस्था गम्भिर रहेको पारिवारिक स्रोतले जनाएको छ ।
विरामी केहीको अवस्था गम्भिर रहेको पारिवारिक स्रोतले जनाएको छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला