नेपाल प्रहरीका एसएसपी रमेश खरेल एक वर्षे मिसनको लागि सुडान गएका छन् । पि-४ मिसन अन्तरगत एसएसपी खरेल १ वर्षको लागि सुडान गएका हुन् ।
काठमाडौंको एसएसपी हुँदा विवादास्पद अभिव्यक्ति दिएको भन्दै खरेललाई भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको थियो । पछिल्लो समय उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । एसएसपि खरेल गत १७ गते सुडानतर्फ प्रस्थान गरेका छन् ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला