इन्टरनेट जाएन्ट गुगलसँग अहिले पनि धेरै चालू प्रोजेक्टहरु छन् । तर केही प्रोजेक्ट भने निकै अनौठा तथा रोचक पनि छन् ।
गुगलका सहसस्थापक ल्यारी पेजले उड्ने कार बनाउन कम्मर कसेका छन् । ब्लुम्बर्गका अनुसार उड्ने कारको प्रविधि विकास गर्न तम्सिएका दुइ कम्पनीलाई पेजले १० करोड डलर आर्थिक सहायता गरेका छन् ।
क्यालिफोर्नियामा रहेका जी डट एरो र किट्टी हक नामक दुइ प्रतिस्पर्धी कम्पनीहरुलाई पेजले व्यक्तिगत रुपमा मोटो रकम सहयोग गरेको बताइएको छ ।
जी डट एरो कम्पनी सन् २०१० मा स्थापना भएको हो र यसले उड्ने कारजस्तै सिधै उडान र अवतरण गर्नसक्ने विद्युतिय जहाजको निर्माण गरिरहेको छ ।
त्यस्तै उड्ने कार बनाउन कम्मर कसेको अर्को कम्पनी किट्टी हक गतवर्ष स्थापित भएकेा थियो । यसको मुख्यालय पनि गुगलको नजिकै छ । यो कम्पनीका संस्थापक चाहीँ गुगलको स्वचालित कार विभागका प्रमुख तथा गुगल एक्स विभागका संस्थापक सेबास्टियन थ्रन हुन् ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला