ताजा अपडेट:

बिपुल क्षेत्रीले लस एन्जेलसमा प्रस्तुति गर्ने

अहिलेका युवा पिढीहरुका प्रिय गायक बिपुल क्षेत्री तथा टोलिले अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा सांगीतिक प्रस्तुति गर्ने पक्का भएको छ  ।
भेट भयो आज सिन्डिकेटको माझ…, आकाशलाई छुने संसारलाई ढाक्ने…, पानी पर्यो सरर…, डडेलो लाग्यो त्यो पारी डाँडा…जस्ता गीतहरु बाट आफ्नो पहिचान देखाउन सफल गायक बिपुल क्षेत्री तथा टोलीले लस एन्जेलसमा हुदै गरेको नेपलिज अमेरिकन सम्मेलनमा पहिलो पटक प्रस्तुती दिने भएका छन्  ।
बिपुल क्षेत्री तथा सांगीतिक टोलीले जुलाई ४ मा भब्य प्रस्तुति गर्ने छन्  ।  बिपुल क्षेत्रीका गीतहरुले गत वर्ष हिट्स एफ एम अवार्ड तथा अन्य पुरस्कार जितेका थिए ।
छोटो समयमा कर्णप्रिय गीत गाएर लोकप्रिय हुँदै गरेका गाएक बिपुल क्षेत्रीले अस्ट्रेलिया, लन्डन, दुबई तथा नेपालमा प्रस्तुति गरि सकेका छन् ।  कालिंपुङ्मा जन्मिएका क्षेत्री पेशाले संगीत शिक्षक हुन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal