ताजा अपडेट:

गोली प्रहारबाट घाइते बेलायती सांसदको मृत्यु

गोली प्रहारबाट घाइते भएकी बेलायत लेवर पार्टीकी सांसद जो काक्सको मृत्यु भएको छ ।
उत्तरी इगल्याण्डको  चुनावी क्षेत्रमा एक मिटिङमा रहेकी उनीमाथि बन्धुकधारीले गोली तथा चाक्कु आक्रमण गरेका थिए । १९९० मा आइरिश रिपव्लिकको हमलामा इयन गोको मृत्य भएपछि पहिलो पटक बेलायती सांसदको हत्या भएको हो ।
हमलाबरलाई गिरफ्तार गरिएको छ । र, उनको घरबाट हतियार बरामद गरिएको बीबीसीले जनाएको छ । छिमेकीका अनुसार ५२ वर्षे हमलाकारी अविबाहित थिए ।
प्रत्यक्षदर्शीका अनुसार एक पुस्तकालयमा मिटिङ जारी रहको थियो र बाहिर बसेका दुई जनाको झगडामा काक्सले हस्तक्षेप गरेकी थिइन् ।
त्यसलगत्तै हमलाबरले बन्दूक निकाले र फयरिङ गरे । गोली लागेर सडकमा लडेकी सांसदलाई उनले फेरी चक्कु प्रहार गरेका थिए ।
युरोपीय संघको जनमत संग्रहको प्रचार अभियान यस घटनासँगै स्थगित गरिएको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal