ताजा अपडेट:

जब सलमानले रेसलिङलाई बलात्कृत महिलासँग तुलना गरे

नायक सलमान खानले एक अन्र्तवार्ताको समयमा दिएको एक बयानले अहिले सामाजिक संजालमा ठूलो विवाद खडा गरेको छ ।
सलमानले चलचित्र ‘सुल्तान’को छायांकनको समयमा आफूले भोगेको कुरालाई लिएर एउटा बयान दिएका छन् । सलमानले भनेका छन्-‘जब म रेसलिङ खेलेर रिङबाट बाहिर निस्कन्थेँ, त्यतिबेला म बलात्कृत महिला जस्तै महुशश गर्थेँ । मेरो शरीर सिधा हुन सक्दैनथ्यो ।’
सलमानले दिएको यो बयानलाई लिएर अहिले चर्को विरोध भैरहेको छ । ट्विटरमा उनको यो बयानमाथि गाली बर्सिएको छ । सलमानले मुम्बइमा सोमबार दिएको एक अन्र्तवार्तामा भनेका छन् कि-‘सुटिङको समयमा मैले ६ घन्टासम्म मिहिनेत गरेको छु । यो मेरा लागि मुश्किलको समय थियो ।’
सलमानले १२० केजीका पहलमानलाई १० वटा एंगलबाट उठाउनु परेको बताए । ट्विटर प्रयोगकर्ताले सलमानले मानसिक सन्तुलन गुमाएको, डरलाग्दो भनाई भन्दै विरोध गरेका छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal