हिन्दी चलचित्र ‘अशोका’मा योद्धाको भुमिका निर्वाह गरेका बलिउड नायक साहरुख खान फेरि योद्धाकै रुपमा देखिने भएका छन् । आदित्य चोपडाको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा साहरुख पुन योद्धाको भुमिकामा देखिन लागेका हुन् ।
उक्त चलचित्र साहरुख आफ्नै पनि महत्वकांक्षी प्रोजेक्ट हो । त्यसो त यस चलचित्रमा साहरुखकै ब्यानर रेड चिल्लीले भीएफएक्सको काम गर्ने भएको छ । बक्स अफिसमा प्रभाव घट्दैछ भनेर टिप्पणी हुन थालेपछि पछिल्ला दिन साहरुख आफ्नो भुमिकाप्रति गम्भिर हुन थालेका छन् ।
उनले अभिनय गरेको चलचित्र ‘रइस’ प्रदर्शन हुन बाँकी नै छ । ‘रइस’ प्रदर्शन पछि मात्रै यो चलचित्रको सुटिङ सुरु हुने भएको छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला