ताजा अपडेट:

दुनियाँको सबैभन्दा ठूलो खरभुजा, वजन थाहा पाउँदा जिब्रो टोक्नुहुनेछ

गर्मीले आहात बनेका बेला खरभुजा सम्झिने बित्तिकै मुख रसाउँछ । हामीले देख, खाएका खरभुजा भनेका एउटा फलको तौल धेरै बढिमा ६।७ किलो त हुन्छ ।
तर के तपाइँले कल्पना गर्न सक्नुहुन्छ, कुनै खरभुजाको तौल तपाइँको जिउको तौल भन्दा पनि बढि हुन्छ ?हो, चीनको राजधानी बेइजिंगमा एकजना किसानले ८० किलो तौल भएको खरभुजा फलाएका छन् ।
चीनमा हरेक वर्ष खरभुजा खेतीलाई प्रोत्साहित गर्नका लागि आयोजना गरिने प्रतियोगितामा ती किसानले आफ्नै बगैचामा फलाएको १७६ पाउण्ड अर्थात् झण्डै ८० किलो तौलको खरभुजा प्रदर्शन गर्दै खरभुजा किंगको उपाधि जितेका छन् । ४६ वषर्ीय किसान ली फेंगचुन पछिल्लो दश वर्षदेखि लगातार यो प्रतियोगितामा पहिलो हुँदै आएको छ ।
पहिलोपटक सन् १९९५ मा प्रतियोगितामा भाग लिँदा उनले १४ किलोको खरभुजा ल्याएका थिए । तर त्यसपछि उनले खरभुजाको तौल तथा मिठासका लागि लगातार प्रयास गरिरहे ।
गतवर्ष पनि उनले ८३ किलोको खरभुजा फलाउँदै यो प्रतियोगिताको विजेता बनेको छ । यो वर्ष पोहोरको भन्दा ३ किलो बढि तौलको खरबुजा फलाउन उनी सफल भएका छन् ।  आफुले आफ्ना बच्चालाई जस्तै खरबुजालाई स्याहार सुसार गर्ने गरेको ली बताउँछन् ।
बेइजिंगमा सन् १९९८ देखि खरबुजा प्रतियोगिता हुँदै आएको छ । जसमा स्थानीय किसानहरु आफ्नो बगैचामा फलाएका सबैभन्दा ठूला खरबुजा लिएर प्रतियोगितामा उत्रिन्छन् । खरबुजाको मिठास तथा त्यसको वजनको आधारमा विजेता घोषणा गरिन्छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal