पटकथा लेखनमा आफूलाई स्थापित गराई सकेका लेखक अभिमन्यु निरवी आफ्नो पहिलो कथा कृति ‘साउने झरी’ लिएर आएका छन् । अन्तराल, श्री ५ अम्बरे, वडा नम्बर ६ लगायतका फिल्म लेखन गरेका निरवीको लेखन यात्रा भने रेडियो नाटक लेखनबाट शुरु भएको हो ।
अहिलेसम्म नयाँ बाटो नयाँ पाइला, गाउँ गाउँमा सिंहदरबार , अँध्यारो उज्यालो जस्ता रेडियो नाटकमा आफ्नो कलम चलाएका उनले टेलिचलचित्र हाम्रो टिम पनि लेखेका हुन् । साउने झरिलाई लेजेन्ड बुक्सले प्रकाशन गरेको हो । समाजका स–साना बिषयलाई टपक्क टिपेर सुन्दर ढंगले कथा बुन्न निरन्तर लागिरहेका कथाकार अभिमन्यु निरवीका बिभिन्न फुटकर कथाहरु दैनिक पत्रिका तथा अनलाइनहरुमा प्रकाशित छन् ।
एन्टेना फाउन्डेसन नेपालमा नाटक संयोजकको रुपमा कार्यरत लेखकले विविध समसामयिक बिषयबस्तुहरुमा तयार पारेका २० वटा कथाहरु साउने झरीमा संग्रहित छन् । साउने झरीमा मधेशदेखि हिमाल र केही परदेशका कथाहरु पनि रहेका छन् । उनले हाँस्य, करुण, रोदन सबै खाले भावमा लेखिएका कथाहरु संग्रहित गरेका छन् ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला