ताजा अपडेट:

वान की मुनले भने- काबुल आक्रमणकारीलाई कारबाही गर

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले १२ नेपालीसहित १४ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा संलग्नलाई कारबाही हुनुपर्ने बताएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गरी वानले दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
वानको तर्फबाट प्रवक्ताले जारी गरेको विज्ञप्तिमा नेपाल र अफगान सरकामार्फत् मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काबुलस्थित क्यानेडियन राजदूतावासको सुरक्षार्थ खटिएका नेपाली सवार बसमा गत सोमबार तालिवान लडाकूले आत्मघाती आक्रमण गर्दा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो । आक्रमणमा ७ नेपाली घाइते भएका छन् ।
आक्रमणमा मृत्यु भएकाहरुको शव बुधबार काठमाडौं ल्याइएको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal