ताजा अपडेट:

संविधान कार्यान्वयनको वातावरण बनाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि सहमतिको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका संसदको बुधबारको बैठकमा संविधान कार्यान्वयनका लागि अब धेरै समय नरहेको भन्दै सहमतिको वातावरण बनाउन माग गरेको हो । कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सहमतिको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर नबनेको आरोप लगाए ।
उनले प्रधानमन्त्री ओली सहमति जुटाउनतिर भन्दा फर्मान जारी गर्नमा बढी व्यस्त भएको र त्यहि कारण संकटका संकेतहरु देखिन थालेको बताए । सरकारमा आउ-आउ भनेर भाषण गरेका भरमा सहमति नजुट्ने भन्दै पौडेलले अहिलेको समय सरकारमा भन्दा संविधान कार्यान्वयनका लागि सहमति जुटाउने बेला भएको बताए ।
उनले स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गर्न तथा निर्वाचनका लागि कानून बनाउन धेरै समय बाँकी नरहेकाले सहमतिको वातावरणका लागि असन्तुष्ट पक्षका गुनासा सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । आन्दोलनरत पक्षका माग उदारतापूर्वक सम्बोधन गरी संविधान कार्यान्वयनको वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal