ताजा अपडेट:

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा, पेरु पेनाल्टीमा चुक्यो

पेरुलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ ।
शनिबार विहान भएको खेलमा कोलम्बियाले पेरुलाई पेनाल्टी सुट आउटमा ४-२ ले हरायो । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन सकेन र खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।
पेरुका ट्रोकाको पेनाल्टी कोलम्बियाका गोलकिपरले उत्कृष्ट बचाउ गरे भने क्वाइभाको प्रहार क्रसबारमाथि गयो । कोलम्बियाका जेम्स रोडि्रग्वेज, कोर्डोबा र मोरेनोले गोल गरे भने पेरुका राउल रुयडाइज र रेनाटो टापियाले गोल गरे । पेरेजले पेनाल्टी सुटआउटमा गोल गरेपछि कोलम्बिया विजयी भएको छ ।
कोलम्बिायाले अब मेक्सिको र चिलीबीचको बिजेतासँग सेमिफाइनल खेल्ने छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal