ताजा अपडेट:

अध्ययन भन्छः टि्वटरले राम्रो लेखक बन्न सघाउँछ

माइक्रोब्लगिङ साइट टि्वटर केवल बसिबियाँलो मात्र होइन । यो केवल सोसल नेटवर्किङ साइटमा मात्र सिमित छैन । यसले एक्काइसौँ सताब्दीका लेखकहरुको दक्षता तथा कलामा वृद्धि गरिरहेको पाइएको छ ।
हालै गरिएको एक अध्ययन अनुसार टि्वटरले लेखकहरुमा प्रविधिको तिव्र विकाससँगै परिस्कृत हुने र आफुलाई बदलेर समयानुकुल सक्षम बनाउनका लागि आत्म सम्पादन तथा भाषिक शुद्धता लगायतका विषयमा दक्ष बनाउने गरेको पाइएको छ ।
बेलायतको मिडिलसेक्स विश्वविद्यालयका शोधकर्ता जोसे बर्नाडले सिर्जनात्मक लेखनमा टि्वटरले पार्ने सकारात्मक प्रभावका विषयमा एउटा महत्वपूर्ण अनुसन्धान गरिन् । शोधकर्ताका अनुसार टि्वटरले विद्यार्थीहरुको सिर्जनात्मक लेखन क्षमतामा महत्वपूर्ण बढोत्तरी गरेको पाइयो । कडा आत्मसम्पादनका साथै सटिक भाषाशैली र ताजा उत्प्रेरणा वृद्धि गर्नमा पनि टि्वटरको महत्वपूर्ण भूमिका रहेको पाइएको उनको ठहर छ ।
शोधकर्ताका अनुसार सूचना प्रविधिले नयाँ लेखकहरुमा विभिन्न खाले चुनौति थपिरहेको छ । उनीहरु बहुमूखी लेखक बन्न बाध्य हुनुपरेको छ ।
छोटो समयमा विभिन्न खाले सिर्जना गरेर छिटै पाठकसामु पूराउनु ठूलो चुनौतिको रुपमा रहेको छ । यस्तो चुनौतिको सामना गर्नका लागि टि्वटरले लेखकहरुमा क्षमता विकास गर्ने गरेको शोधकर्ताको भनाइ छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal