पाकिस्तानका एक जना पुरुषले चौथी श्रीमतीको खोजी गरिरहेका छन् । पहिलो ३ जना पत्नीबाट ३५ जना बच्चा पाइसकेका मोहम्मद खिल्जीको एउटै लक्ष्य छ, १ सय जना सन्तान जन्माउने ।
रुढीवादी मुस्लिम समुदायका ४६ वर्षे खिल्जीले धेरै भन्दा धेरै बच्चा जन्माउनु आफ्नो धार्मिक कर्तव्य रहेको बताउँछन् । पेशाले मेडिकल टेक्निसियन खिल्जीका ३५ जना बच्चा भएपनि उनलाई सबै बच्चाको नाम याद छ ।
खिल्जीका अनुसार उनका ३ जना पत्नीहरु निकै मिलिजुली बस्दछन् । श्रीमतीहरुले १ सय जना बच्चाको बाउ बन्ने आफ्नो लक्ष्यमा साथ दिइरहेको उनको भनाई छ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला